पोखरा, ९ साउन। जन्मदिन मनाउन भन्दै पछिल्लो समय फजुल खर्च गर्ने क्रम बढ्दै गएको छ। तर पोखराका एक युवाले भने फरक ढंगले जन्मदिन मनाएका छन्।
पोखरा २८, कालिका घर भई पोखरा १ बस्दै आएका प्रकाशरमण अधिकारीले २६ औं जन्मदिनमा सबैलाई सन्देश दिँदै बटुकलाई भोजन गराएका हुन्। उनले बुधबार पोखरा १, भीमकालीपाटनस्थित संस्कृत माविका ६० जना बटुकलाई भोजन गराए। विद्यालयमा आयोजित कार्यक्रमबीच उनलाई शुभेच्छुक र परिवारले जन्मदिनको शुभकामना पनि दिए। ‘प्रकाशले दिएको सन्देश समाजको हितमा छ,’ कार्यक्रमकी प्रमुख अतिथि नेपाली काँग्रेसकी महिला नेतृ सरस्वती गुरुङले भनिन्, ‘यसबाट सबैले सिक्न जरुरी छ।’
कास्की काँग्रेसका जिल्ला सदस्य नवीन सिग्देलले जन्मदिनमा प्रकाशले गरेको कार्य उदाहरणीय भएको उल्लेख गरे। कार्यक्रममा नेपाली काँग्रेेसका युवा नेता विकास गुरुङ, नेपाल विद्यार्थी संघ कास्कीका सभापति विकास थापाले बोलेका थिए। संस्कृत मावि व्यवस्थापन समितिका अध्यक्ष गोविन्द नेपालीको अध्यक्षतामा भएको कार्यक्रम सहायक प्रधानाध्यापक श्रीकृष्ण सिग्देलले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
वाइयुके सुपरमार्केट तीजगीत
राधाकृष्ण गुरुकुल विद्यालयको भवन उद्घाटन
शिवटोल विकासमा नयाँ कार्यसमिति
कास्की मोडनाइज्डमा अभिमुखीकरण
मिडिया फुटसल प्रतियोगिता हुने
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९