पोखरा, ८ साउन । अनशनरत चिकित्सक डा गोविन्द केसीका माग सम्बन्धमा सरकारी वार्ता टोली र डा केसीका प्रतिनिधिबीचको मंगलबाको वार्ता सकारात्मक बनेको छ ।
दुवै पक्षबीच साँझ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केसीले उठाएको मागका सम्बन्धमा छलफल भई धेरै मागमा दुवै पक्षबीच समझदारी हुने क्रममा रहेको जनाइएको छ ।
बुधबार बिहान पुनः बैठक बसी बाँकी विषयमा समझदारी जुटाउने सहमति भएको सरकारी वार्ता टोली संयोजक खगराज बराल र केसीका तर्फबाट वार्ता टोली संयोजक डा अभिषेकराज सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘डा केसीले उठाउनु भएका मागका सम्बन्धमा छलफल भइ धेरै मागहरुमा दुवै पक्षबीच समझदारी हुने क्रममा रहेको र साउन ९ गते बिहान पुनः बैठक बसी बाँकी विषयहरुमा सझदारी जुटाउने सहमति भएकाले सार्वजनिक जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।’
मंगलबार केसीको मागबारेमा चौथो चरणको वार्ता भएको हो। करिब पाँच दिन लामो तनावपछि केसी पक्ष सरकारको पुरानै टोलीसँग वार्ता गर्न तयार भएको हो । यसअघि केसीले कर्मचारीसँग वार्ता गर्दै नगर्ने अडान लिएका थिए ।
सरकारको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले संवाद प्रक्रिया शुरु गरेका हुन् । उपनेता नेम्वाङले डा केसीको वार्ता टोली र सरकारी पक्षसँग मंगलबार विभिन्न चरणमा छलफल गरेका थिए ।
उनले डा केसीका मागका विषयमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटासँग र माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमासँग पनि छलफल गरेका थिए ।
नेकपाको संसदीय दलको कार्यालयमा भएको छलफल अत्यन्त सकारात्मक बनेको नेता नेम्वाङले जानकारी दिए ।
“डा केसीका मागलाई कसरी टुंगोमा पुर्याउने भन्नेबारे सम्बन्धित पक्षसँग विभिन्न चरणमा छलफल भएको छ, सरकारी वार्ता टोलीले यो विषयलाई लचकताका साथ टुंगोमा पुर्याउँछ, हामी बाहिर जो जहाँ छौँ सबैले सहयोग गरौँ भन्ने आग्रह गरियो”-उनले भने ।
नेता नेम्वाङले संविधान, कानून र स्थापित अभ्यासलाई भत्कन नदिन संसद्मा दर्ता भएको विधेयक उपर छलफल, समायोजन र परिमार्जन गरी डा केसीका मागमा लचिलो ढंगले सम्बोधन गर्न सरकार तयार रहेको प्रतिबद्धता दिलाएका छन् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल सहितको उपस्थितमा प्रधानमन्त्री निवास बालुटावारमा केसीको अनशनबारे छलफल भएको थियो । त्यस छलफलले केसीको मागलाई निकास दिन सकारात्मक पहल थाल्ने निचोड निकालेको थियो ।
चिकित्सा क्षेत्रको सुधारको माग राखी डा केसी विगत २५ दिनदेखि अनशनमा छन्।
केसी बचाउन प्रदर्शन
पोखरा, ८ साउन। चिकित्सा क्षेत्र सुधारको अभियानमा होमिएका प्राडा गोविन्द केसीको अनसनप्रति समर्थन जनाउने क्रम जारी छ।
उनको समर्थन तथा सरकारलाई दबाब दिन दिनहुँजसो देशका विभिन्न स्थानमा गतिविधि भैरहेका छन्। यसैक्रममा पोखरामा मंगलबार पनि प्राडा गोविन्द केसी बचाऔं भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ।
वन विज्ञान अध्ययन संस्थान, पोखराका विद्यार्थी विनोद चापागाईको पहलमा र्याली निकालिएको थियो। संस्थानका विद्यार्थी, शिक्षक, कर्मचारी र स्थानीय सहभागि र्यालीले क्याम्पस वरपर क्षेत्र परिक्रमा गरेको थियो।
‘म डा गोविन्द केसीबाट प्रभावित छु नवलपरासीका विद्यार्थी चपागाईले भने, ‘जनताका पक्षमा उभिएका केसीलाई समर्थन गर्नु हामी सबैको कर्त्तव्य हो।’
वन विज्ञान अध्ययन संस्थानका सहप्राध्यापक विष्णुहरि वाग्लेले डा केसीले गरिरहेको आन्दोलन सबैको साझा आन्दोलन भएको उल्लेख गरे। विद्यार्थी डिल्लीराज बस्यालले केसीलाई सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिए।
Related News
सम्बन्धित समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
रेशम चौधरीसहित ५०१ लाई आम माफी
प्रजातन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्छ : सभापति देउवा
भ्रष्टाचारविरुद्ध जनयुद्धको जस्तै मानसिकतामा छु, हेर्नुहोला अझै ठूल्ठूला एक्सन हुन्छन् : प्रधानमन्त्री दाहाल
संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
hero news full width
मुख्य समाचार
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०