काठमाडौं, ८ साउन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षेपी शर्मा ओलीले संविधानबमोजिम संसद्ले कानून बनाउने लोकतान्त्रिक विधिबाट अघि बढ्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई आग्रह गरेका छन् ।
नेकपा केन्द्रीय कार्यालय धूम्रबाराहीमा आयोजित कार्यक्रममा काँग्रेसले संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली र संविधानको सर्वोच्चता मानेर अगाडि जान तयार छ कि छैन भन्ने प्रश्न गर्दै भने, “संसद्ले कानून बनाउँछ, काँग्रेस मान्न तयार छ कि छैन – संवैधानिक बाटो चुनावबाट सरकारलाई अपदस्थ गर्न सकिन्छ, म लोकतान्त्रिक विधि र प्रक्रियामा आउन काँग्रेसलाई चुनौती दिन्छु । संघर्षको मैदान हामीले पनि देखेका छौँ । अलोकतान्त्रिक, प्रतिक्रियावादी र जनविरोधी कुनै पनि प्रयास सरकारलाई अस्वीकार्य छ र त्यसलाई नियन्त्रण गरिनेछ ।”
प्रधानमन्त्री ओलीले कम्युनिष्टहरू मिलेको र स्थिर सरकार बनेकामा प्रतिक्रियावादीहरूलाई सही नसक्नुभएको बताए । उनले भने, “काँग्रेस यति चाँडो वस्त्र उतारेर मैदानमा उत्रिएको छ । हिजो हाम्राविरुद्ध टाउकाको मूल्य तोकेको होइन – झोलामा टाउको ल्याउनु भनेको वा सर्वस्वसहित जन्मकैद तोकिएका मान्छे शासन गरिरहेका छन्, अनि उनीहरूलाई चित्त बुझछ -”
उनले काँग्रेसले खोजेको लोकतान्त्रिक प्रणाली, मूल्य र मान्यतामा अझै प्रश्न रहेको आरोप लगाउँदै सामन्ती राजतन्त्रमा र्फकेर आउन सक्ने विचार पनि काँग्रेसमा रहनु प्रतिगमनकारी विचार भएको र आफूहरू राजतन्त्रको पक्षमा नरहेको पुनः स्पष्ट गरे ।केसीको अनशन र उनको मागमा काँग्रेस मिसिएको सर्न्दर्भमा उनले सबैको निःशुल्क स्वास्थ्योपचार र गुणस्तरीय शिक्षाका लागि नेकपाले पहल गर्दै आएको बताउँदै सबै समस्याको समाधान संवाद र संसद्बाट टुङ्गिने जनाए । ओलीले स्वास्थ्य सेवाजस्तो अत्यावश्यक क्षेत्रमा कर्मचारीले हडताल गर्नु उचित नभएको बताउँदै केसीलाई सघन उपचार आवश्यक पर्ने भनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लिखित सुझाव आएकाले उनलाई काठमाडौँ ल्याइएको स्पष्ट पारे । यस्तै, पार्टीअध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरूको एकता र निर्वाचनबाट बनेको दुर्इ तिहाइको सरकारविरुद्ध नियोजित षड्यन्त्र गरी भ्रमपूर्ण प्रचार गरिएको बताए ।
“हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ । प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ । प्रतिक्रियावादीहरूलाई कम्युनिष्ट एकता र स्थिर सरकार मन परेको छैन तर हामी त्यस्ता षड्यन्त्रलाई सफल हुन दिने छैनौँ ।” उनले भए/नभएका कथाहरू बनाएर सरकार र नेकपाको विरोधमा भ्रम र्छने काम भएकाले क्रान्तिलाई सफल बनाउन र स्थिर सरकारको विरुद्ध सबै हतियार प्रयोग गरेर भइरहेका नियोजित षड्यन्त्र चिर्न आहृवान गरे ।
प्रा डा केसीको अनशनको नाममा सरकारलाई टिक्नै नदिने वितण्डा मच्चाउन खोजिएको छ भन्दै उनले पार्टी र सरकारको कामलाई समृद्धिको दिशातर्फ एकजुट भएर लाग्नुको विकल्प नरहेको बताए ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
पोखरा महानगरको मतगणना सुरु
१४ जिल्लाका ४४ मतदान केन्द्रमा मतदान स्थगित
कास्कीमा ६५ प्रतिशत मतदान, पोखरा महानगरको मतगणना भोलिमात्र
राप्रपाको पोखरामा घरदैलो, आज लिङ्देन आउने
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
धनराज पोखराको १६ औं मेयर
जेठ १२, २०७९करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
जेठ ११, २०७९‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
जेठ ११, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९