लमजुङ, ८ साउन। मस्र्याङ्दी गाउँ कार्यपालिकाले गाउँपालिकाद्वारा गत आवका सम्पन्न गरिएका कार्यक्रम तथा विकासका योजनाको समिक्षा गर्नुका साथै चालु आव २०७५/०७६ का लागि योजना नीति निर्माण गरेको छ।
गाउँपालिकाको पहिलो कार्यपालिका बैठकमा गत वर्ष गाउँपालिकाले गरेका निर्णय र सोको कार्यान्वयन पक्षका सकारात्मक उपलब्धि, सुधार गर्नुपर्ने विषयमा व्यापक छलफल गरिएको हो ।
बैठकले चालु आवका लागि सम्पन्न गर्ने कार्यक्रम तथा विकासका योजनाका बारेमा बाषिर्क कार्यतालिका तयार गरेको सो गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए। उनका अनुसार बैठकमा शिक्षा, स्वास्थ्य, कृषि, पशु, पर्यटन र पूर्वाधार विकास आयोजनाको सकारात्मक विकासको सुरुवात भएको निचोड निकालेको गाउँपालिकाका उपाध्यक्ष होम विकले बताए।
उनका अनुसार आउँदो भदौ २१ गतेसम्म योजनाको उपभोक्ता समिति गठन गरीसक्ने, असोज १५ गतेसम्म उपभोक्ता समितिका पदाधिकारीलाई तालिम दिई योजनाको सम्झौता, आयोजना निर्माण गर्दा ध्यान दिनुपर्ने मूलतः गुणस्तर तथा सुशासन सहित फरफारकसम्बन्धी जानकारी दिने निर्णय गरेको छ।यसैगरी, माघ मसान्तसम्म आयोजनाहरूको सम्झौता गरी सक्न निर्देशन गर्ने बैशाख महिनाभित्र आयोजनाको निर्माण कार्य सम्पन्न गरी सक्नुपर्ने र जेठ महिनाभित्र सम्पन्न भएका विकासका योजनाहरूको अनुगमन मूल्यांकन गरी, गराई भुक्तानी लिई सक्नुपर्ने निर्णय गरेको सो गाउँपालिकाका उपाध्यक्ष विकले जानकारी दिए।
उनका अनुसार गाउँपालिकाको निगरानीमा सम्पन्न योजनाको गुणस्तरीयमा राम्रो भएको, विकासमा जनसहभागिता राम्रो भएको, शिक्षाको घोषणापत्रमा घोषित नीतिले शैक्षिक सुधारका लक्षण देखिन थालेको, स्वास्थ्य, कृषि, पशुपालनको विकासमा सुधार भएको समिक्षा बैठकको निष्कर्ष रहेको छ।
यसैगरी, योजना फरफरकमा उपाभोक्तालाई थप सचेत गर्ने र गुणस्तरमा सुधार गर्न सकिने पक्ष भए त्यसमा ध्यान दिने, योजनाको निरीक्षण अनुगमनका लागि समयमा नै प्राविधिक खटाउन नसकेको हुँदा त्यो कमजोरीलाई सच्चाउने, सम्झौता भएर पनि समयमा सम्पन्न हुन नसकेका योजनाको कमजोरी पत्ता लगाई सच्चाउने जस्ता विषय सकारात्मक पक्ष रहेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए। उनले भने, ‘पहिलो वर्ष सिकाइको वर्ष भो, आउँदो वर्ष थप सुधार हुन्छ भन्ने आशा छ।’
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९