बाबुआमा गुमाएका एसओएसको जिम्मामा

आदर्श समाज सम्वाददाता
श्रावण ९, २०७५

पोखरा, ८ साउन । बाबुआमा दुवै गुमाएका रोल्पाको थवाङ गाउँपालिका वडा १, फुर्तीवाङ स्थायी बसोबास भई हाल पोखराको नयाँबजारस्थित भाडाको कोठामा बस्दै आएका नाबालकद्वय विवश र विशेषनले पोखराको रामबजारस्थित एसओएसको अविभावकत्व पाएका छन् ।

गत असार २२ गते शुक्रबार मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका-३ स्याङ्बोचेमा भएको टिपर दुर्घटनामा परी मौषम र्घर्ती मगर र उनकी श्रीमती जीतमाया र्घर्ती मगरको मृत्यु भएपछि नाबालकद्वय विवश र विशेषन बिचल्लीमा परेको समाचार असार २३ गते राससबाट प्रकाशित भएको थियो ।

प्रेषित समाचार विभिन्न अनलाइनका साथै पत्रपत्रिकामा प्रकाशित भएपछि नाबालकद्वयका सम्बन्धमा सहयोगी संस्था एवं निकायको ध्यानाकर्षण भएको थियो ।

बिचल्लीमा परेका नाबालकद्वयको घटना सञ्चारमाध्यममा आएलगत्तै बालकप्रति देश विदेशबाट सहानुभूति प्रकट भएको कुरा सामाजिक सञ्जालमा छाएपछि ती बालकको अभिभावकत्व एसओएसले ग्रहण गरेकामा आफूहरू निकै हषिर्त बनेको रोल्पा-पोखरा सर्म्पर्क समाजका सल्लाहकार आशमान रोक्काले बताए ।

“अनाथ यी बालकले आजबाट एसओएसको संरक्षकत्व पाएका छन्”, उनले भने, “बाबुआमाको मृत्युसँगै अनिश्चित बनेको यिनीहरूको भविष्य अब भने सुनिश्चित बनेको छ ।”

रोल्पा-पोखरा सर्म्पर्क समाजका अध्यक्ष प्रसाद बुढामगरले अनाथ बालकको बिचल्ली भएको विषयलाई सञ्चारमाध्यमबाट बाहिर ल्याइदिएकामा राससप्रति आभार व्यक्त गरे ।नाबालकद्वय आजदेखि आफूहरूको संरक्षणमा रहेको जानकारी दिँदै एसओएस योजना निर्देशक भगतकुमार श्रेष्ठले बालिग अवस्थासम्म यिनीहरूको पालपोषण एवं पठनपाठनको व्यवस्थापन एसओएसमार्फत हुने बताए ।

“एसओएसले विपत् एवं यस्तै समस्यामा परेका बालबालिकाको संरक्षणका साथै उनीहरूको पालनपोषण एवं पठनपाठनमा योगदान गर्दै आएको छ”, उनले भने ।एसओएसका निर्देशक प्रदीपभक्त आचार्यका अनुसार पोखरामा १ सय ४७ बालबालिका एसओएसको संरक्षणमा रहेकामा विवश र विशेषन थप भई उक्त संख्या १ सय ४९ पुगेको छ ।

एसओएस परिसरमा रहेका विभिन्न १५ घरमा बालबालिकाको हेरचाह गर्ने आमाको व्यवस्था गरिएको र प्रत्येक घरमा ८ देखि १२ जनासम्म बालबालिका राख्ने गरिएको छ ।

विवश र विशेषनलाई गुराँस हाउसमा आमा पार्वती पाण्डेले हेरचाह गर्ने एसओएसकी सहनिर्देशक भवानी बस्नेतले जानकारी दिइन् ।

बाह्र वर्षीय विवश र उनका भाइ छ वर्षीय विशेषन र्घर्ती मगरलाई उनका बाबुआमा मौषम र जितमाया पोखराको नयाँबजारस्थित भाडाको कोठामा किराना पसलबाट आवश्यक खाद्यान्न उपलब्ध गराउने व्यवस्था गरी छोडेको लगभग तीन महिनापछि टिपर दुर्घटनामा परी मृत्यु भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । सेन्टर फर इनर्जी एन्ड इन्भाइरोमेन्ट नेपाल र पोखरा १२ वडा कार्यालयबीच फोहोर न्यूनीकरणका सहकार्य गर्नेबारे सम्झौता भएको छ ।…
  • पोखरा १२ ले बनायो आफ्नै एप

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । पोखरा वडा १२ ले डिजिटल सेवा प्रवद्र्धन गर्ने उद्देश्यले मोबाइल एप संचालनमा ल्याएको छ । घरमा वा जहाँसुकै…
  • पोखरामा सामुदायिक थियटरको माग

    विजय नेपाल चैत्र १४, २०७९
    पोखरा । कलाकार जसु गुरुङ पोखरा झर्दा पहिले पहिले यहाँ नाटक हुन्थ्यो भन्ने मात्र सुनेकी थिइन् । गण्डकी प्रज्ञा प्रतिष्ठान…
  • प्रहरी कार्यालयको भवन शिलान्यास

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    लेखनाथ । इलाका प्रहरी कार्यालय डाँडाको नाकमा ६ कोठे पक्की भवन सोमबार शिलान्यास गरिएको छ । भवनको पोखरा २६ का…
  • अमरसिंहको ६७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । अमरसिंह नमुना माविको ६७ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भयो । समारोह उद्घाटन गर्दै…

hero news full width