हेमजा, ८ साउन। पोखरामा जारी बृहत् सरसफाइ कार्यक्रम पोखरेलीको पहिचान बन्दै गएको सरोकारवालाले बताएका छन् ।
बृहत् सफाइ अभियानअन्तर्गत यही साता हेमजामा हुन लागेको ११३ हप्ताको श्रृंखलाको पूर्वतयारी बैठक तथा नागरिक जागरण कार्यक्रममा बोल्ने वक्ताले सो कुरामा जोड दिए।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले सरसफाइ र पोखरा पयार्यवाची शब्दजस्तै भएको चर्चा गरे । उनले पोखराको सफाइ यहाँको सभ्यता तथा संस्कृतिसँग जोडिएको बताए।
उनले विकास भौतिक साधनस्रोतले मात्रै नहुने तर्क अगाडि सार्दै त्यससँग मानिसको मानसिक क्षमता समेत गासिएकोमा जोड दिए।
अभियान संयोजक रामबहादुर पौडेलले पोखरा सफा हुनु भनेको सबै पोखरेली स्वच्छ रहनु हो भन्दै पोखरा सरसफाइको श्रेय सम्पूर्ण पोखरेलीमा जाने धारणा राखे।
पोखरा वडा २५ का वडाध्यक्ष शोभाकर तिम्सिनाले सफाइ सबैभन्दा पहिला व्यक्ति र उसको घरबाट शुरु हुनुपर्ने भन्दै बृहत् सफाइ अभियानलाई सचेतनाको माध्यमका रुपमा हेरिनुपर्ने तर्क गरे।
कार्यक्रममा स्थानीय डम्बरसिंह बस्नेत र कलमाया र्घर्तीले कार्यक्रम राम्रो लागेको र आगामी श्रृंखलामा सहभागिता जनाउने प्रतिबद्घता जनाए ।
कार्यक्रममा वडा प्रहरी कार्यालय बगरका इञ्चार्ज दुर्गा श्रेष्ठले विकृति, विसंगति र सडक सुरक्षाका बारेमा भनाइ राखेका थिए।
वडा अध्यक्ष तिम्सिनाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाका अध्यक्ष विष्णु बास्तोलाले स्वागत र कार्यक्रम संचालन नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारीले गरेका थिए।
बृहत् सफाइ अभियानअन्तर्गत हरेक शनिबार एक घण्टा पोखरा सहित छिमेकी गाउँपालिकामा समेत सरसफाइ हुँदैआएको छ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९