पर्यावरण जोगाउन वृक्षरोपण : सांसद बराल

आदर्श समाज सम्वाददाता
श्रावण ९, २०७५
midtown

पोखरा, ८ साउन। गण्डकी प्रदेशका सांसद रामजी बराल जीवनले बिगँ्रदो वातावरणको संरक्षण गरी पर्यावरण जोगाउन वृक्षरोपणले महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन्।

विकसित मुलुकले कार्वन उर्त्र्सजन गर्दा वातावरण प्रदुषित भएको भन्दै नेपालको हरियालीले संसारभरको वातावरण संरक्षणमा योगदान पुर्‍याउने धारणा राखे।

शुक्रराज मावि पुम्दीभुम्दी आयोजित वृक्षरोपण कार्यक्रममा बोल्दै जीवनले खाली रहेको ठाउँमा वृक्षरोपण गर्नुपर्ने बताए। सांसद बराल सो विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत हुन्।

लायन्स क्लब अफ पोखरा मिड टाउनले शुक्रराज माविमा वृक्षरोपण कार्यक्रम गरेको हो। क्लबको वाषिर्क कार्यक्रम अनुसार वृक्षरोपण गरिएको क्लब अध्यक्ष देवी तिमिल्सिनाले बताइन्।

कार्यक्रममा पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बराल, लायन्सका कमिटि को-चेयरपर्सन सावित्री अर्याल, रिजन चियरपर्सन अर्जुन थापा, जोन चियरपर्सन सोवित पौडेल, क्लबका उपाध्यक्ष विश्वास भण्डारी, सुरेन्द्र पौडेल, वृक्षरोपण कार्यक्रम संयोजक ऋषिकेश पराजुली लगायतले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

  • ‘रमाउन नसक्नेले राजनीति नगर्नू’

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । नेपाली कांग्रेसका नेता डा. सशांक कोइरालाले राजनीति रमाउनेहरुको लागि मात्रै उचित हुने बताएका छन् । उनले रमाउन नसक्ने…
  • बागलुङ उवा संघको टोलीलाई स्वागत

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    लेखनाथ । विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणको क्रममा निस्केकोे बागलुङ उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई…
  • ३ वर्षमा ३०० आत्महत्या !

    रामकुमार श्रेष्ठ भाद्र २६, २०८१
    नवलपुर । नवलपुरमा पछिल्लो ३ वर्षमा ३ सय बढीले आत्महत्या गरेको पाइएको हो । गत वर्ष तुलनामा यो वर्ष आत्महत्या…
  • सडक निर्माण ढिलाइको विरोध

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको काममा ढिलासुस्ती भएको भन्दै गैँडाकोटमा स्थानीयले सोमबार चक्काजाम गरी विरोध जनाएका छन् । सडक…
  • निजामती कर्मचारीलाई पुरस्कार प्रदान

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गरेका छन् । सिंहदरबारमा शनिबार २१…

hero news full width