पोखरा, ८ साउन । पर्वत जिल्लाको जनसेवी लघवित्त वित्तीय संस्थाले आव २०७४।०७५ मा ६० लाख ५२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
अघिल्लो आवमा १३ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेको सो संस्थाले २०७४।०७५ मा अघिल्लो आवको तुलनामा ४४२ प्रतिशत बढी मुनाफा आर्जन गर्न सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत कमल खत्रीले जानकारी दिए।
संस्थाको आव २०७४।०७५ को अन्त्यसम्म ४१ करोड ८५ लाख कर्जा लगानी रहेको र ११ हजार ३ सय जना सदस्यालई संस्थामा आवद्घ गराई १२ करोड २८ लाख बचत रकम संकलन रहेको छ ।
चालु आवमा ५ जिल्ला थप गरी १५ जिल्लामा ३२ शाखा कार्यालय मार्फत कार्यक्रम विस्तार गर्ने र २४ हजार सदस्य आवद्घ गराई विभिन्न सीपमूलक तालिमको समेत अवसर प्रदान गर्दै बचत तथा कर्जा सेवा प्रवाह गरी २ करोड १० लाख मुनाफा आर्जन गर्ने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत कमल खत्रीले बताए ।
हाल ९ करोड ८० लाख चुक्ता पुँजी भएको र यसै वर्षभित्र सर्वसाधारणमा सेयर जारी गरी १४ करोड पुँजी पुर्याउने लक्ष्य लिएको समेत बताइएको छ।
Related News
सम्बन्धित समाचार
व्यवसायीलाई जोगाउन पोखरा उद्योग वाणिज्य संघको माग
अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
स्वागतम् सहकारीको प्रथम वार्षिकोत्सव
हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन
गहुँ आयात रोकिदा उद्योगहरु बन्द हुने अवस्थामा
hero news full width
मुख्य समाचार
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
के छ रवी लामिछानेको मुद्दामा सर्वोच्चको पूर्ण पाठ
माघ १३, २०७९रवि लामिछानेको सांसद पद खारेज
माघ १३, २०७९आजको माैसम : तराईमा हुस्सु लाग्ने, गण्डकीमा आंशिक बदली
माघ १३, २०७९टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
माघ १२, २०७९जनकपुर हुँदै अयोध्या लगिँदै देव शिला
माघ १२, २०७९