पोखरा, ८ साउन । प्रदेशसभा सदस्य मीना गुरुङले मानवसेवा आश्रम, पोखरालाई आर्थिक सहयोग गरेकी छन्।
छोरा प्रजित गुरुङको ३६ औं जन्मदिन अवसर पारेर उनले मंगलबार आश्रमलाई ३६ हजारको चेक हस्तान्तरण गरेकी हुन्।
हालै स्थापित डीकेडिएस फाउन्डेशनकी संरक्षक समेत रहेकी सांसद गुरुङले असहाय व्यक्तिलाई सेवा गर्न पाउँदा आफूलाई खुशी लागेको बताइन् ।
उनले भनिन्, ‘विश्वका धेरै मुलुक गरीबी र भोकमरिबाट गुज्रिरहेको अवस्था छ, वर्गीय विभेद र भोकमरीको समस्या समेत थपिएको हुँदा सबैले सकेजति सहयोग गर्नुपर्छ।’
वृद्धवृद्धा, अपा·ता भएका व्यक्ति र असहायको रक्षाका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव राख्ने समेत उनले सो क्रममा बताइन् ।
मानवसेवा आश्रमका संचालक होमनाथ तिमिल्सिनाले सडकपेटीमा समेत बस्न नसक्ने अवस्थालाई जीवन जीउन सबैको सहयोगको खाँचो रहेको बताए।
हाल आश्रममा वृद्धवृद्धा, अपांगता भएका तथा असहाय व्यक्ति गरी ४५ आश्रति छन्।
वरिष्ठ सौर्न्दर्यकर्मी, संचारकर्मी तथा समाजसेवीको परिचय समेत बनाएकी सांसद गुरुङ हङकङ व्युटी इन्स्टिच्युट, पोखराकी संचालक समेत हुन् । उनले सांसद भत्तावापत प्राप्त रकम सामाजिक सेवामा खर्चिने यसअघि उद्घोष गरिसकेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९