काठमाडौँ, ७ साउन। डा गोविन्द केसीले उठाएका मागमा राजनीतिकरण भएको बताइएको छ।
अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले सोमबार यहाँ आयोजना गरेको ‘नेपालमा मेडिकल शिक्षाको वर्तमान अवस्था, चुनौती र समाधानका उपायहरु’ विषयको अन्तरक्रियामा सहभागीले डा केसीको मागमा राजनीतिकरण भएको टिप्पणी गरे।
राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा गणेशमान गुरुङले डा केसीका मागमा राजनीतिकरण भएकाले सरकारले चाँडै नै समाधान गर्नुपर्ने बताए। “आयोग गठन भएपछि मेडिकलसम्बन्धी निकायको अधिकार कटौती हुन्छ”- उनले भने, “जसले गर्दा चिकित्सा क्षेत्रमा झनै समस्या आउन सक्छ।”
त्रिवि चिकित्सा अध्ययन संस्थानका डिन प्रा डा जगदीशप्रसाद अग्रवालले डा केसीका मागलाई सरकारले चाँडै सम्बोधन गरेर चिकित्सा क्षेत्रमा देखिएको समस्या अन्त्य गर्नुपर्ने बताए। संस्थानका प्रा डा शरद वन्तले चिकित्सक पेशा संवेदनशील भएकाले बन्द हडतालमा नउत्रने गरी मानवीय मूल्यसहितको जनशक्ति उत्पादन गर्नुपर्दछ भने।
नेपाल नर्सिङ परिषद्का अध्यक्ष तारा पोखरेलले चिकित्सक विधेयक अपूर्ण रहेको भन्दै २४ घण्टा सेवा दिने नर्सलाई पनि विधेयकमा समेट्नुपर्ने बताए।
राष्ट्रिय चिकित्सा संघका अध्यक्ष डा सन्तोष पौडेलले माथेमा आयोगको प्रतिवेदन कदापि लागू हुन नसक्ने भन्दै चिकित्सा शिक्षा गैरनाफामूलक हुनुपर्ने धारणा राखे।
नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डा कृष्ण अधिकारीले अहिलेकै अवस्था भए चिकित्सकको उत्पादन नभई बिरामीले उपचार नपाउने बताए।
सांसद तथा अखिलका अध्यक्ष नवीना लामा र क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले डा केसीका माग निजी रुपमा सञ्चालन भएका मेडिकल कलेजलाई राष्ट्रियकरण गरेर सम्बोधन गर्नुपर्ने सुझाव दिए।
उता, नेपाल निजामती कर्मचारी संगठनले त्रिवी शिक्षण अस्पताल महाराजगन्जका चिकित्सकलाई बिरामीको सेवा रोकी आमहडतालमा नउत्रन आग्रह गरेको छ। संगठनको चौथो केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी दिँदै संगठनका अध्यक्ष केदार देवकोटाले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा आमहडताल गर्दा बिरामीको उपचारमा गम्भीर असर पर्ने भएकाले चिकित्सकलाई अस्पतालमा हडताल, जुलुसजस्ता कार्य नगर्न आग्रह गरेका हुन्। यसैबीच, पूर्वराष्ट्रपति डा रामवरण यादव शिक्षण अस्पताल पुगी अनशनरत डा गोविन्द केसीको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् ।डा केसीका सहयोगी विशद दाहालले कुनै उपचार र औषधि नलिएका कारण उनको स्वास्थ्य गम्भीर बन्दै गएको अवगत गराए। पूर्व राष्ट्रपति यादवले केसीको स्वास्थ्यलाभको कामना गरे । जुम्लाबाट गत असार १६ गतेदेखि चिकित्सकीय सुधारको माग राख्दै आमरण अनशन शुरु गरेका डा केसीलाई गत बिहीबार सरकारले काठमाडौँ ल्याएको थियो। पन्ध्रौँ पटक अनशन बसेका डा केसीसंग सरकारले वार्ताका लागि आह्वान गरिरहे पनि केसी पक्ष भने वार्तामा गएको छैन।रासस
केसीको माग सम्बोधन गर्नुपर्छ : सिटौला
चितवन/नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले उठाएका माग सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् ।
यहाँ पत्रकारसँग कुरा गर्दै नेता सिटौलाले सरकारले उनको मागप्रति सुनुवाइ नगर्दा जीवनरक्षाको नै प्रश्न खडा भएको बताए । केसीले उठाएका माग जायज छ भन्दै उनले काँग्रेसको नेतृत्वमा रहेको सरकारले मागलाई सम्बोधन गरेर नै अध्यादेश जारी गरेको बताए । उनले भने, “अहिले सरकारले त्यो अध्यादेशलाई तोडमोड गरेर विधेयक ल्यायो, यस कारण समस्या भएको हो ।”
उनले पार्टीभित्रको विवाद महाधिवेशनले सल्टाउने विश्वास व्यक्त गर्दै अब हुकुमी शैलीमा पार्टीनचल्ने बताए ।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९