पोखरा, ७ साउन। कानूनमन्त्री शेरबहादुर तामाङले दिएको अभिव्यक्तिप्रति नगर महिला संघ पोखरा महानगर समितिले विरोध प्रदर्शन गरेको छ। सोमबार पोखराको चिप्लेढुंगामा नाराबाजी सहित कानूनमन्त्रीको पुत्ला दहन गरेको थियो। काँग्रेस कार्यालयबाट निस्किएको र्याली वीपीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभालाई सम्बोधन गर्दै कास्की काँग्रेसका सभापति कृष्ण केसीले कानूनमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भएको टिप्पणी गरे। ‘दक्षता प्राप्त गर्न बंगलादेश गएका चेलीलाई यस्तो आरोप लगाउनु गम्भीर विषय हो। त्यसमाथि मन्त्रीले नै सार्वजनिक रुपमा यस्ता अभिब्यक्ति दिनु सामान्य लिनु हुँदैन,’ उनले भने, ‘मन्त्री नै भएपनि गलत अभिव्यक्ति दिनेलाई कारबाही गर्नुपर्छ।
सरकार त्यसका लागि तयार हुनुपर्छ।’ मन्त्रीसँगै बिएण्डसीका सञ्चालक दुर्गा प्रसाईंलाई पनि कडा कारबाहीको माग गर्दै उनले गोविन्द केसीको जीवनरक्षाको माग गरे। ‘नेपाली जनताको हितका लागि गरेको आन्दोलनमा सरकारले पनि सहयोग गर्नुपर्छ। उल्टो प्रतिपक्षीलाई आरोप लगाएर उम्किन मिल्दैन,’ उनले थपे, ‘डा गोविन्द केसीका माग तत्काल पूरा होस्। वहाँको जीवनरक्षाको माग गर्दछु।’
दुर्गा प्रसाईंले बंगलादेशमा डाक्टर पढ्न गएका नेपाली चेलीहरुप्रति आपत्तिजनक आपत्ति दिएको भन्दै देशव्यापी विरोध भैरहेको छ। कार्यक्रममा महिला संघकी केन्द्रिय सदस्य तारा अधिकारी, महिला संघकी जिल्ला सचिव सीता गुरुङ, नेविसंघका केन्द्रिय सदस्य भानु ढकाल लगायतले बोलेका थिए। महिला संघ पोखरा महानगर समितिकी सभापति माया बरालको अध्यक्षतामा भएको कार्यक्रम विमला भण्डारीले सञ्चालन गरेकी थिइन्। वर्तमान सरकार जनताप्रति अनुदार हुँदै गएको भन्दै बरालले जतिसक्दो छिटो डा केसीको माग सम्बोधन गर्न आग्रह गरिन्। उनले सरकारको गतिविधि नसच्चिएसम्म निरन्तर आन्दोलन जारी राख्ने चेतावनी दिइन्।
यसैबीच, महिला संघले जिल्लाभरी गोविन्द केसीको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गर्ने तयारी गरिरहेको महिला संघ पोखरा नगरकी सल्लाहकार सरस्वती गुरुङले जानकारी दिइन्। ‘गोविन्द केसीका माग जनपक्षीय छन्। उनको मागमा सरकार गम्भीर हुनैपर्छ,’ उनले भनिन्, ‘माग पूरा नभए देशव्यापी आन्दोलन चर्किन्छ। कास्कीले नेतृत्व लिन तयार छ।’ उनले सरकारले गरेका गलत कामको भण्डाफोर गर्न सबै तयार हुनुपर्ने बताइन्।
Related News
सम्बन्धित समाचार
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
ओटेफको स्थापना दिवसमा बटुक र ज्येष्ठ नागरिकलाई भोजन
गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९