हेमजा, ७ साउन। पोखरा-१६, दीपमा प्रधानकार्यालय रहने गरी खुलेको एस. आचार्य इन्टरनेशनल प्रालिद्वारा संचालित फेवा बजार डटकमको सोमवार उद्घाटन गरिएको छ। कम्पनीको उद्घाटनसँगै अब ग्राहकले अनलाइनबाटै आवश्यक सामग्री खरिद गर्न सक्नेछन्।
जसअनुसार सामग्री अर्डर गरेको ३ देखि ५ दिनभित्र ग्राहकको घरमै पुर्याउने कम्पनीको योजना छ। यो सेवा पोखराका ३३ वटै वडामा प्रदान गरिने छ।
कम्पनी उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले युग सुहाउँदो व्यापार गर्ने उद्देश्यले स्थापित संस्थाको उज्ज्वल भविष्य रहेको औँल्याए। उनले सूचना प्रविधिले ठूलो फड्को मारेको वर्तमान अवस्थामा हरेक क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए। उनले कम्पनीले देशका विभिन्न ठाउँमा शाखा स्थापना गर्नुपर्ने आवश्यकता पनि औँल्याए।
वडाध्यक्ष जीवन आचार्यले अनलाइन मार्फत विजनेस गर्ने योजनाका साथ संस्था स्थापना गरेकोमा खुशी प्रकट गर्दै त्यसले पोखरालाई स्मार्ट सिटी बनाउन इट्टा थपेको भनाइ राखे।
अध्यक्ष आचार्यले इमान्दार र एकोहोरो पाराले मात्रै अब मानिसको दैनिकी नचल्ने दावी गर्दै हरेक मानिसले आफ्नो जीवनलाई प्रविधिसँग जोड्नुपर्ने तर्क गरे।
युवा व्यवसायी बालकृष्ण कोइरालाले गण्डकी प्रदेशबाट अनलाइन व्यवसाय शुरु भएकोमा खुशी व्यक्त गरे।
युवा समाजसेवी विपीन आचार्यले अबका सम्पूर्ण व्यवसाय, जागिर सबै सम्भव भएसम्म अनलाइन मार्फत गर्नुपर्ने आवश्यकता औँल्याए।
कम्पनीबारे जानकारी दिँदै अध्यक्ष सुजन आचार्यले ‘ग्राहक पसलमा होइन, पसल ग्राहकको घरघरमा पुग्नुपर्दछ’ भन्ने भावनाले संस्था स्थापना गरिएको बताए । उनले अनलाइन विजनेसले अव्यवस्थित बजार व्यवस्थित बनाउने, ग्राहकको समय बच्ने, बजार क्षेत्रमा पाकिङको समस्या नहुने दावी गरे। उनले कम्पनीले चाँडै नै काठमाडौं, नारायणगढ, इटहरी र नेपालगञ्जमा शाखा खोल्ने तयारी गरेको बताए।
कम्पनीका व्यवस्थापक हरिप्रसाद त्रिपाठीले ग्राहकलाई बिशुद्घ सेवा दिने उद्देश्यले मात्र संस्था स्थापना गरिएको दावी गरे। उनले देशका विभिन्न ५ ठाउँमा शाखा खोल्न करिव ३ करोड २५ लाख खर्च लाग्ने अनुमान कम्पनीले गरेको पनि बताए।
कम्पनी अध्यक्ष आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कर्मचारी मेलिना क्षेत्रीले स्वागत र व्यवस्थापक त्रिपाठीले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
चेम्बर अफ कमर्स गण्डकीले ‘आइडिया बैंक’ स्थापना गर्ने
व्यवसायीलाई जोगाउन पोखरा उद्योग वाणिज्य संघको माग
अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
स्वागतम् सहकारीको प्रथम वार्षिकोत्सव
हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन
hero news full width
मुख्य समाचार
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९