पोखरा, ७ साउन। राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला-२०७४ बाट १० लाख ५५ हजार ८ सय ८६ रुपैयाँ बचत भएको छ।
पोखरा उद्योग वाणिज्य संघले पुस २७ देखि माघ ८ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा आयोजना गरेको मेलामा १ करोड १८ लाख २६ हजार ७ सय ९३ रुपैयाँ आम्दानी भएकोमा खर्च कर्टाई सो रकम बचत भएको हो। यस्तै, १ लाख ८० हजार जनाले मेला अवलोकन गरेका थिए।
मेलाको आय/व्यय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा आम्दानीबाट प्रदर्शनी केन्द्रमा शौचालय निर्माण कार्य थालिएको संघका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए। संघले बचत रकम व्यावसायिक वातावरण निर्माण र सामाजिक कार्यमा खर्च गर्ने उनले बताए।
विगतदेखि वर्तमानसम्म पोखराको हितका लागि नै पोखरा उद्योग वाणिज्य संघले काम गर्दै आएको छ संघका अध्यक्ष पालिखेले भने, ‘त्यसले पोखरा उद्योग वाणिज्य संघ व्यवसायीको मात्र नभएर सबैको साझा संस्था हो।’
संघले यस वर्षदेखि मेलाको नाम परिवर्तन गरी राष्ट्रिय औद्योगिक व्यापार मेला ‘एक्स्पो पोखरा’ को नामबाट संचालन हुने निर्णय गरेको जनाएको छ।
गण्डकी प्रदेशको सबैभन्दा उत्कृष्ट महोत्सव बनाउने उद्देश्यका साथ नाम समेत परिवर्तन गरेको संघले जनाएको छ। यस वर्ष मंसिर १३ देखि २४ गतेसम्म मेला संचालन गरिने छ।
मेलाको तयारीका लागि संघका उपाध्यक्ष गोकर्णकार्कीको संयोजकत्वमा प्रायोजन व्यवस्थापन उपसमिति गठन गरिएको छ।
पत्रकार सम्मेलनमा पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले संचार क्षेत्रले निरन्तर रुपमा संघको मेलालाई सहयोग गर्दै आएको उल्लेख गरे।
कार्यक्रममा संघका उपाध्यक्ष गोकर्णकार्की र महासचिव दामु अधिकारीले बोलेका थिए।
Related News
सम्बन्धित समाचार
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको रक्तदान
सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
खाद्य लिमिटेडको बिक्री केन्द्र विस्तार
पोखरामा न्युरोडमा पाल्पा हाउस उद्घाटन
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९