पोखरा, ७ साउन । पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफा परिसरमा निर्माण गरिएको बूढानीलकण्ठ भगवान्को मूर्ति सोमबार अनावरण गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री रवीन्द्र अधिकारीले सोमबार मूर्ति अनावरण गरेका हुन् । सो क्रममा मन्त्री अधिकारीले मुस्ताङचोकबाट पुम्दी जाने बाटोसम्म चार लेनको फराकिलो पेटी र ग्रिनेरी सहित सडक बनाउने गरी ७० करोडको योजना अघि सारेको जानकारी दिए ।
उनले थपे, ‘राम्रो गरे राम्रै हुन्छ, नराम्रो गरे नराम्रो नै हुन्छ, काम नगरी बस्नेहरू अरुलाई गालीमात्र गरेर बस्छन्।’
पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले पोखरामा आउने पर्यटकका लागि डेभिडफल्स र गुप्तेश्वर गुफा प्रमुख गन्तब्य बनेकोमा मूर्तिसँगै थप आकर्षणको केन्द्रविन्दु बनाउन सकिने धारणा राखे।
करिब २२ फुट लम्बाइ, १२ फुट चौडाइ र ६ फिट उचाइको सो मूर्ति सुखेतका वरिष्ठ मूर्तिकार तीलवीर सेञ्चुरी सम्मिलित समूहले ६ महिना लगाएर निर्माण गरेको हो।
गुफा व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद पौडेलले मूर्ति निर्माणमा हालसम्म १५ लाख रुपैयाँ खर्च लागेको र अझै केही काम गर्न बाँकी रहेको जानकारी दिए।
समिति अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष तुलसीराम बराल र संचालन ऋषिराम बरालले गरेका थिए।
मूर्ति अनावरणअघि छोरेपाटनदेखि पोखराका विभिन्न स्थानमा झाँकी सहितको कलशयात्रा निकालिएको थियो ।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९