पोखरा, ७ साउन । साउन महिना शुरुवातसँगै पोखरामा १५ औं संस्करणको बोलबम जलयात्रा कार्यक्रम शुरु भएको छ ।
‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ केदारेश्वर महादेवमणि सेवाश्रम समिति, बैदामले हरेक वर्ष साउन सोमबार आयोजना गर्दैआएको बोलबम जलयात्रा शुरु भएको हो।
सोमबार बिहानैदेखि दिउँसो अबेरसम्म केदारेश्वर मन्दिरमा ठूलो संख्यामा भक्तजन पूजाआजा गर्न र जल चढाउन व्यस्त देखिन्थे।
मन्दिर दर्शनका लागि कास्कीका विभिन्न स्थान सहित छिमेकी जिल्लाबाट समेत भक्तजन मन्दिरमा आएको मन्दिरका पीठाधीश डा लेखनाथ आचार्यले बताए। बोलबम संयोजक शंकर खरालले १५ वर्षअघि केदारेश्वरले शुरु गरेको बोलबम यहाँको संस्कृति बन्दैगएको बताउँछन्।
बोलबम समितिले बगरस्थित गाईघाटबाट सेतीनदीको जल लिएर केदारेश्वर मन्दिरमा चढाउने कार्यलाई विगतदेखि व्यवस्थापन गर्दैआएको छ। गाईघाटदेखि नै शोभायात्रासहितको झाँकी बजारका विभिन्न भाग परिक्रमा गरी मन्दिर पुगेको थियो।
गाईघाटमा १०८ धारामा स्नान गरी ८ किलोमिटर पैदलयात्रासहित केदारेश्वर मन्दिरका १०८ शिवलिङ्गमा जलार्पण गर्ने सुविधाका कारण केदारेश्वरमा भक्तजनको बढी घुइँचो लाग्ने गर्दछ।
साउन भगवान् शिवको महिमा मानिने हुँदा भक्तजन उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल उठाएर शिवलिङ्गमा चढाउने चलन छ।
भक्तजनलाई पोखरा वडा ६ महिला समन्वय समितिले प्रसाद वितरण गरी सहयोग गरेको थियो।
यस्तै, पृथ्वी होटल व्यवसायी समिति, सत्य साई केन्द्र, सिर्जनाचोक व्यवसायी समिति, रोटरी क्लब तथा रामजी बानियाँको समूहले पनि मन्दिर परिसर तथा सडकमा सर्वत पानी खुवाएको थियो। सामाजिक जागरणका लागि नारी अभियानले मन्दिर परिसरमा माग्न बसेका असहायलाई खाजा खुवाएको अभियन्ता सुष्मा पौडेलले जानकारी दिइन्। यसैबीच, पोखराको विन्ध्यवासिनी सहित पोखरा आसपासका विभिन्न शिव मन्दिरमा दर्शनका लागि साउन सोमबार भक्तजनको ठूलो भिड लागेको थियो ।
Related News
सम्बन्धित समाचार
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
कांग्रेस पोखरा महानगरका संस्थापक सभापति रेग्मीको स्मृति ग्रन्थ लोकार्पण
hero news full width
मुख्य समाचार
पोखरामा जाग्दो भैरव नाच
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
माघ १३, २०७९के छ रवी लामिछानेको मुद्दामा सर्वोच्चको पूर्ण पाठ
माघ १३, २०७९रवि लामिछानेको सांसद पद खारेज
माघ १३, २०७९अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
माघ १३, २०७९आजको माैसम : तराईमा हुस्सु लाग्ने, गण्डकीमा आंशिक बदली
माघ १३, २०७९