पोखरा, ७ साउन । लुम्बिनी विकास बैंकले छोरेपाटनस्थित बैंकको शाखामा एटिएम सेवा विस्तार गरेको छ। बैंक सञ्चालक सुशीलराज पराजुलीले एटिएमबाट पैसा निकालेर सो सेवा उद्घाटन गरे।
लुम्बिनी बैंकले पोखरामा १० वटा शाखामा मार्फत सेवा दिँदै आएको छ। बैंकको यो पोखरामा तेस्रो एटिएम सेवा हो।
बैंकले यसअघि पोखरा न्युरोड र महेन्द्रपुलबाट एटिएम सेवा प्रदान गर्दै आएको सञ्चालक पराजुलीले जानकारी दिए। उनले एटिएमको र्टर्मिनल मार्फत लुम्बिनी विकास बैंकका ग्राहकहरुका साथै भिसाकार्डमा आवद्ध अन्य बैंक वित्तीय संस्थाका महानुभावहरुले समेत सहज रुपमा कारोबार गर्न सक्ने बताए। बैंकको केन्द्रीय कार्यालय डिल्लीबजारबाट सञ्चालन भई देशका विभिन्न जिल्लामा ६५ शाखा र १३ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको पराजुलीको भनाइ छ। बैंकले विभिन्न निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस, एसएमएस बैंकिङ, मोवाइल बैंकिङ, एएसबिए लगायतका सम्पुण्ा बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ। बैंकले आर्थिक वर्ष २०७४/७५ मा ६५ करोड सञ्चालन मुनाफा आर्जन गरेको उनले बताए।
एटिएम उद्घाटन अवसरमा पोखरा १७ का वडाअधयक्ष तीर्थराज अधिकारीले खुशी व्यक्त गरे। छोरेपाटन क्षेत्रमै पहिलो एटिएम सञ्चालनमा आएपछि यस क्षेत्रका सेवाग्राहीलाई सुविधा हुने लुम्बिनी विकास बैंक लिमिटेड छोटेपाटन शाखाका प्रमुख रामचन्द्र बरालले बताए। उनले यस क्षेत्रमा एटिएम मेसिन नहुँदा सेवाग्राही अन्यत्र जानुपर्ने बाध्यता अब हटेको बताए ।
Related News
सम्बन्धित समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
लगानी नहुँदा अर्थतन्त्र धरातलमा: प्रदेश प्रमुख
चुनावी एजेन्डा सुनाउन गृहनगरमा अञ्जन
नागरिक लगानी कोषको पोखरा शाखा देशभरमै उत्कृष्ट
उद्योग वाणिज्य महासंघमा अञ्जन श्रेष्ठको उम्मेदवारी
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९