पोखरा, ७ साउन । पोखरा थिएटरको तेस्रो प्रस्तुति ‘अटलबहादुरको आतंक’ सोमबारदेखि पोखरामा मञ्चन शुरु भएको छ।
आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले नाटक मञ्चन कार्यक्रमको शुरुवात गरे । नाटक हेरिसकेपछि उनले नाटकले सबैको मन जित्ने विश्वास व्यक्त गरे । उनले गण्डकी प्रदेश सरकारले नाट्य एकेडेमी खोल्नको निमित्त बजेट छुट्टाइएको जानकारी दिए। नाटक विधालाई माथि उठाउन व्यक्तिगत रुपमा नाटकघर सञ्चालन गरेकोमा उनले पोखरा थियटर परिवारप्रति धन्यवाद दिए ।
आफूले धेरैपछि नाटक हेरेको जानकारी दिँदै उनले निर्देशक, लेखक, कलाकार तथा पोखरा थिएटर सञ्चालकले गरेको मेहनतबाट प्रभावित भएको बताए।
खगेन्द्र लामिछाने निर्देशित नाटकमा माओत्से गुरुङ, प्रकाश घिमिरे, प्रमिला तुलाचन, दिलप्रसाद गुरुङ, गोविन्दरमण पराजुली, वर्षाकेशव पराजुली, विभु भुषाल, वविता मल्ल ठकुरी, विश्वराज पौडेल, अञ्जु दाहाल, सूर्य सुवेदी, सम्झना सिर्पाली, योजना पहारी, ध्रुव रोका, धीरेन्द्र पुन, प्रतीक घिमिरेको अभिनय देख्न सकिन्छ ।
परिवर्तन कार्कीको संयोजनमा मञ्चन भएको यो नाटक साउन १६ गतेसम्म दैनिक प्रस्तुत हुनेछ । नियमित रुपमा साँझ ५ बजे मञ्चन हुने नाटक शनिबार अतिरिक्त शो समेत देखाइनेछ । नाटक डेढ घण्टा लामो छ । नाटक हेर्न विद्यार्थीले २ सय तथा सर्वसाधरणले ३ सय र पाँच सय रुपैयाँको टिकट काट्नुपर्नेछ ।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना फेरि सुरु
पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९