लेखनाथ, ५ साउन । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले ज्ञानको आँखा नदेख्नेहरु नै वास्तवमा दृष्टिविहीन भएको टिप्पणी गरेका छन् ।
नेत्रहीन संघ कास्कीद्वारा संचालित समदृष्टि बचत तथा ऋण सहकारी संस्थाको आठौं वाषिर्क साधारण सभा शनिवार उद्घाटन गर्दै मन्त्री थापाले सो कुरा बताएका हुन् ।
उनले मानिसका २ आँखाले देखे पनि भित्री ज्ञानको आँखाले दया, माया, न्याय र अन्याय छुट्ाउन नसक्ने नै वास्तवमा दृष्टिविहीन भएको उनको भनाइ छ ।
जग्गा बाँझो राख्नेलाई बढी करको व्यवस्था गर्ने गरी भूमिसम्बन्धी नियम बन्न लागेको जानकारी गराउँदै उनले गण्डकी प्रदेशको २४ लाख जनसंख्या र सोही अनुपातको दोब्वर पर्यटन भित्राउने लक्ष्य अनुरुप २ वर्षभित्र कृषि उत्पादन दोव्वर बनाउने लक्ष्य प्रदेश सरकारको भएको बताए ।
कार्यक्रममा एभिलिएम फाउण्डेसन नेपालका प्रतिनिधि डा वीरेन्द्रराज पोखरेले आपा·मैत्री कानून निर्माणका लागि अनुरोध गर्दै जीविकोपार्जनका लागि आयआर्जन कसरी बढाउन सकिन्छ भन्ने बारेमा चिन्तनशील हुन सबैमा अनुरोध गरेका थिए ।
सहकारी अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला सहकारी संघ कास्की अध्यक्ष रविरमण तिवारी, आन्तरिक राजश्व कार्यालय पोखरा कर अधिकृत विजय लामिछाने, जल्धारे बचत तथा ऋण सहकारीका अध्यक्ष श्रीकान्त ढुंगाना, नेत्रहीन संघ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदी, थ्री एञ्जल रेडियोका निर्देशक डा राजेन्द्रबहादुर गौतम, सहकारीकी पूर्व अध्यक्ष शोभा गौतम, सहसचिव पुष्पराज रिमाल लगायतले धारणा राखेका थिए ।
Related News
सम्बन्धित समाचार
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९