एन्फा विधान र नियमावली संशोधनबारे गण्डकी प्रदेशमा छलफल

८५ स्थानीय तहमै   खेल मैदान : मुख्यमन्त्री

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७५
Football Photo

पोखरा, ५ साउन।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशका ८५ वटै स्थानीय तहमा खेल मैदान निर्माण गर्ने बताएका छन्। खेलकुदले स्वस्थ नागरिक उत्पादन, खेल पर्यटनको विकासबाट समृद्धि तथा राष्ट्रिय एकतामै महत्वपूर्ण भूमिका खेल्ने भएकोले प्रदेश सरकारले ५ वर्षभित्रै सो कार्यका लागि योजना अघि सारेको जानकारी दिए।

अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यनीति, ग्रासरुट, विधान र नियमावली कस्तो बनाउनेबारे पोखरामा शनिबार भएको प्रदेशस्तरीय अन्तक्रिर्या उद्घाटन समारोहमा मुख्यमन्त्री गुरुङले सो कुरा बताएका हुन्।

उनले भने, ‘गण्डकी क्षेत्र फुटबलको होमग्राउण्ड पनि हो, खेलपर्यटनबाटै समृद्धिको ढोका खुल्छ तसर्थ सरकारले ५ वर्षभित्र प्रदेशका ११ वटै जिल्लाअन्तर्गत ८५ स्थानीय तहमा फुटबल मैदान निर्माण बनाउने छ।’ साथै उनले प्रदेश राजधानी पोखरामा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने योजना अघि सार्दा यस विषयमा सरोकावाला निकायले हालसम्म आफूसँग सोधीखोजी नगरेको गुनासो उनको थियो।

खेलकुद क्षेत्र लामो समयसम्म हेपिएको क्षेत्र रहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले पुराना कथा नदोहोर्‍याइकन नयाँ ढंगले अघि बढ्नुपर्ने बेला आएको बताए। मुलुक संघीयतामा गइसके पनि राखेप नबलिएको उनको रोष थियो। व्यक्ति हावी हुँदा विधि विधान भन्ने हुँदैन, अब प्रजातान्त्रिक प्रक्रियाबाट एन्फामा आएको नयाँ नेतृत्वले नयाँ ढंगले फुटबलको विकासमा लागिपर्नुपर्ने सुझाव दिए।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले कानूनी रुपमा बलियो नभएसम्म संस्थाले गरेको निर्ण्र्ाा पारदर्शी नहुने हुँदा आफ्नो नेतृत्वमा नयाँ कार्यसमिति आइसकेपछि पूर्व घोषित योजनाअनुरुप आफूहरु नयाँ ढंगले अघि बढ्न खोजेको बताए। उनले नयाँ विधानका लागि मस्यौदा गरिरहेको तथा प्रदेश संघ र जिल्ला संघलाई पनि सशक्तिकरण गर्दै अघि बढ्न प्रदेशस्तरमा यसरी छलफल चलाएको जानकारी दिए।

उनले बाल दिवसका दिन २७ भदौदेखि शुभारम्भ गर्ने गरी ४५ जिल्लाका करिब ५ हजारदेखि १० हजार जना  बालबालिकालाई फुटबल प्रशिक्षण दिने जनाए। उनका अनुसार जसमा ६ वर्षदेखि १० वर्षसम्म उमेर समूहका उनीहरुलाई ग्रासरुटबाट प्रशिक्षण शुरुवात गरी फुटबल विकासमा दूरदर्शी लक्ष्य बनाइनेछ।  केन्द्रीय, प्रदेश र स्थानीय तहको समन्वयबाट फुटबलका लागि भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताए।

उनले पोखरामा अकोर्वर्षदेखि ६० जनालाई फुटबल प्रशिक्षण दिने गरी टेक्निकल सेन्टर निर्माण गर्ने जानकारी दिए। प्रदेश सांसद राजीव पहारीले पाठ्यक्रममै खेलकुद विषय समेट्नुपर्नेमा जोड दिए। उनले प्रदेशमा रहेका खेल मैदानलाई प्रदेश सरकारको मातहतमा ल्याउनुपर्ने बताए।  अर्का सांसद मोहन रेग्मीले खेलकुद समृद्धि भन्नु नै प्रदेशको समृद्धि हो भने। सांसद रामजीप्रसाद बरालले खेलकुद विकासका लागि विश्वविद्यालय खोल्नुपर्ने बताए। उनले खेल सामान्य मनोरञ्जन माध्यममात्र नभै देशको पहिचान रहेको जनाए। सांसद बिन्दुकुमार थापाले गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटन, उर्जा, व्यावसायिक कृषि, उद्योग र पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए। उनले तीनै तहको सरकारको समन्वयबाट बहुउपयोगी खेल मैदान निर्माणको योजना रहेको सुनाए।

क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहेका सांसद दीपक कोइरालाले फुटबलको विकास ग्रासरुटबाटै बढाउनुपर्ने बताए। अर्का सांसद मनबहादुर गुरुङले राष्ट्र ठूलो र धनीमात्र भएर नहुने फुटबल विकासमा सानै भएपछि इच्छाशक्ति हुनुपर्ने पाठ वर्ल्डकपले सिकाएको बताए।  सो अवसरमा खेलकुदकर्मी खेम गुरुङ र शम्भु केसीलाई लामो समय फुटबल विकासमा योगदान गरेकोमा सम्मान गरियो।

एन्फाका प्रवक्ता किरण राईले देशका अन्य सबै प्रदेश यसप्रकारको अन्तक्रिर्या सकेर अन्तिममा गण्डकी प्रदेशमा आएको जानकारी दिए।

कार्यक्रमका एन्फाका पदाधिकारी, गण्डकी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका एन्फाका पदाधिकारी, खेलकुदसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो। गण्डकी प्रदेशमा पोखरा महानगरसहित २६ नगरपालिका र ५८ गाउँपालिका गरी कुल ८५ स्थानीय तह छन्।

Related News

सम्बन्धित समाचार

  • बाघचालमा नवीन प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    लमजुङ । सुन्दरबजार–१० स्थित कानेस्वाँरामा आयोजित बाघचाल प्रतियोगितामा नवीन बास्तोला प्रथम भएका छन् । दुरा सेवा समाज धुसेनी इकाइको आयोजनामा…
  • रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । नवीन श्रेष्ठले तेस्रो संस्करणको रेबान पोखरा कप भेट्रान्स टेनिस प्रतियोगिता उपाधि जितेका छन् । आइतबार भएको फाइनल खेलमा…
  • रेबान कप टेनिस फाइनल आज

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । तेस्रो रेबान कप टेनिसको मेन्स सिंगल्स उपाधिका राजन पौडेल र नवीन श्रेष्ठ प्रतिस्पर्धा गर्ने भएका छन् । कास्की…
  • रेवान कप टेनिस सुरु

    आदर्श समाज सम्वाददाता चैत्र २, २०७९
    पोखरा । पोखरामा बुधबारदेखि तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेस्टुरेन्ट…
  • नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित

    आदर्श समाज सम्वाददाता फागुन २९, २०७९
    काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत जारी शृंखलामा युनाइटेड अरब इमिरेट्स (युएई)लाई हराउँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता…

hero news full width