पोखरा, ५ साउन ।इञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, लामाचौर, पोखरामा सञ्चालित टेक्निकल फेस्टिवलको शनिवार समापन भएको छ।
समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले अनसनरत डा. गोविन्द केसीको बाटोमा हिँड्न नसकिने बताएका छन् । डा. केसीको काम डाक्टरले गर्ने काम होइन । उनको जिद्धि पाराको पछि लाग्न सकिदैंन ।’ भने, ‘उनको बाटोमा हिँडे हामी सकिन्छौं ।’ सबैले आफ्नो जिम्मेवारी, कर्तव्य के हो – त्यो गर्न उनले अनुरोध पनि गरे । मन्त्री गुरुङले गण्डकी प्रदेशलाई बन्द हड्ताल मुक्त प्रदेश बनाउनुपर्नेमा पनि जोड दिए । यो प्रदेशलाई समृद्ध प्रदेश बनाउन सबै जना लाग्नुपर्ने उनको भनाई थियो । विद्यार्थीलाई सम्बोधन गर्दै मन्त्री गुरुङले अब विद्यार्थीहरु झण्डा बोकेर सडकमा नारा लगाउँदै टायर बाल्ने होइन, यस्तै ज्ञानवर्द्धक अभियान अघि बढाउन आग्रह गरे । सरकार र नेतालाई मात्र गाली गरेर मुलुक नबन्ने र छोरो क्याम्पस भर्ना हुने बेलासम्म विद्यार्थी भन्दै भाषण गरेर काम नहुने उनको भनाई थियो । प्रदेश सांसद विन्दुकुमार थापाले टिम वर्ककै कारण विद्यार्थीले यति ठूलो कार्यक्रम आयोजना गर्न सफल रहेकाले सबै मिलेर अघि बढ्न आग्रह गरे ।
उनले अब प्रदेशले पाँच समृद्धिको आधारहरु पर्यटन, उर्जा, कृषि, उद्योग र पूर्वाधार विकासलाई जोड दिएर अघि बढ्ने जनाउँदै पोखरालाई शिक्षासँगै स्वास्थ्य र खेलकुदको हब बनाउन लागिपर्ने बताए ।
क्याम्पस प्रमुख रामप्रसाद पौडेलले क्याम्पसको भौतिक पूर्वाधार दयनीय रहेको बताउँदै आफू नेताहरुसँग माग्दा माग्दा हैरान भइसकेको बताए । उनले प्राविधिक विश्वविद्यालयका रुपमा क्याम्पसलाई अघि बढाउन पनि सरकारसँग आग्रह गरे । अनेरास्ववियू केन्द्रीय उपाध्यक्ष सुनिता बरालले सुखी नेपाली, समृद्ध नेपालको नारालाई सार्थकता दिन इञ्जिनियरिङ विद्यार्थीहरुको योगदान अमूल्य रहेको बताइन् ।
आयोजक स्वतन्त्र विद्यार्थी युनियनका सभापति इन्द्र पौडेलले वाषिर्क ४ हजार इञ्जिनियर उत्पादन हुने मुलुकमा रोजगारीको अवसर नहुँदा दक्ष जनशक्ति बाध्य भएर विदेश पलायन भएको बताए । उनले प्रदेश सरकारले भएपनि उचित इञ्जिनियरिङ शिक्षा नीति ल्याएर यहाँको पर्ढाईलाई गुणस्तरिय बनाउन आग्रह गरे ।
‘सूचना प्रविधिको प्रयोग, पूर्वाधार विकासमा बल, व्यवहारिक इञ्जिनियरिङ शिक्षाका लागि एफएसयू टेक्निकल फेस्टिवल’ नाराका साथ आयोजित सो फेस्टिवलमा मुलुकभरका प्रतिष्ठित झण्डै दुर्इ दर्जन इन्जिनियरिङ क्याम्पसबाट विद्यार्थी सहभागी थिए।
पोखराका विभिन्न विद्यालयसमेत सहभागी फेस्टिवलमा विभिन्न इञ्जिनियरिङसँग सम्बन्धित कलेज, यूनिभर्सिटी, सफ्टवेयर कम्पनी, सरकारी तथा गैरसरकारी संस्थाहरुको गरी ८० बढी स्टल रहेको संयोजक किरण तिवारीले बताए । कार्यक्रममा बिज्ञान तथा प्रविधिका साथै मनोरञ्जन, रोबोर्ट फुटबल, फुड हन्ट, सिभिल कम्पिटिसन जस्ता थुप्रै अन्य कार्यक्रम भएका थिए ।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९