पोखरा, ५ साउन ।साहित्यकार एवं गायिका अम्बिका भण्डारीको स्वर तथा लयमा रहेको अम्बिका नेपालको तीज गीत ‘फूल फुल्यो’ को म्यूजिक भिडियोको समीक्षा कार्यक्रम शनिवार पोखरामा सम्पन्न भएको छ।
समीक्षा कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका उपसभामुख माननीय सिर्जना शर्माले फूल फुल्यो बोलको गीतले हाम्रो मौलिकता झल्काएको भन्दै खुसी व्यक्त गरिन्। उनले हिजो आजका गीतमा विकृति बढ्दै गएको गएकाले त्यसलाई निरुत्साहित पार्न सबैले आ-आफ्नो तह र तप्काबाट लाग्नुपर्नेमा जोड दिँदै आफूले संस्कृतिमा विकृति थप्ने कार्यक्रमलाई प्रसय नदिने बताइन्।
कार्यक्रममा बोल्दै डा. जगन्नाथ रेग्मीले संस्कार र संस्कृतिमा धनी नेपालीले पश्चिमा संस्कार अंगाल्दै आएकोमा दुःख व्यक्त गरे। रेग्मीले हाम्रा संस्कारले कहीँ पनि महिलालाई दोस्रो दर्जामा राखेको छैन केवल हामीले म-म भनेर आफैंलाई हेर्ने नजरको खाँचो रहेको बताए।
लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले गायिका अम्विका भण्डारीको स्वर तथा लय लोक गायनतर्फ सुहाउँदो बताए ।
गीतको समीक्षा गर्दै समीक्षक असफल गौतमले फेवातालमा रूपाको रंग खोजेर नपाइने भएकाले अम्बिकाद्वयका गीतले जुन परिवेशलाई समावेश गरेका छन् ती स्तुत्य रहेको बताए।
उनले समीक्षामा आलोचना र समालोचना दुवै हुने भएकाले स्रष्टाका सिर्जनालाई आलोचनाको पनि आलोचना हुने गरी पुवाग्रही नजरले हेर्ने धारणा अन्त्य हुनुपर्ने विचार व्यक्त गरे।
गीतका स्रष्टा अम्बिका नेपालले सामाजिक क्षेत्रमा काम गरिरहँदा अब संस्कृतिको संरक्षणका लागि जाग्नुपर्ने भएकाले गीतलाई बजारमा ल्याएको बताइन्। अर्की स्रष्टा अम्बिका भण्डारीले सबैको माया ममताले आजसम्म आइपुगेको र भोलि पनि सबैको माया ममता र स्नेहको खाँचो रहेको बताइन्।
कार्यक्रममा महाकाव्यकार छन्दिका घिमिरे, लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीका महासचिव सुरेन्द्र गुरुङ, मिलिजुली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मीनराज काफ्ले, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, सृजना माविका संस्थापक सीता पाण्डे, सम्झना सामाजिक सेवा समितिका अध्यक्ष सुनिता सेन्चुरीलगायतले बोलेका थिए। रेडियो सफलताका प्रबन्ध निर्देशक दुर्गा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रेडियो सफलता १०३.४ मेगाहर्जका प्रमिला बरालले गरेकी थिइन् । कार्यक्रम रेडियो सफलताको आयोजना तथा सम्झना सामाजिक सेवा समितिको विशेष सहयोगमा सम्पन्न भएको हो।
Related News
सम्बन्धित समाचार
पोखरामा सामुदायिक थियटरको माग
प्रहरी कार्यालयको भवन शिलान्यास
अमरसिंहको ६७ औं वार्षिकोत्सव
सेनाले गर्यो बम डिस्पोज
तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९