छोरेपाटनमा पनि सीसी क्यामेरा हस्तान्तरण

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७५

पोखरा, ५ साउन । अब, पोखराको छोरेपाटन क्षेत्रमा सीसी टिभी जडान गरिने भएको छ । डेविजफल क्लबको सक्रियतामा पोखरा लेखनाथ १७ छोरेपाटन क्षेत्रमा राखिएका सीसी टिभी छोरेपाटन चौकीलाई हस्तान्तरण गरिएको छ ।

महानगरपालिकाका मेयर मानबहादुर जिसीले सीसी टिभी खोलेर कार्यक्रमको उद्घाटन गरेका थिए । उनले सीसी टिभि राखिएको क्षेत्रमा अब कुनैपनि प्रकारको घटना, दुर्र्घटना हुन रोकिने तथा भई हालेमा पनि छिटो छरितो रुपमा कारवाही गर्न सकिने र घटनास्थलमा छिटो पुग्न सकिने वताउँदै महानगरपालिकाले डेभिजफल क्लबले जस्तै रचनात्मक कार्य गर्ने कुनैपनि संघसंस्थासँग मिलेर कार्य गर्न आफू इच्छुक रहेको वताए ।

सिर्द्धार्थ राजमार्गका छोरेपाटन चौतारी, वेलघारीचोक, छोरेपाटन चौकी, सिर्द्धार्थचोक, डेभिजफल, गुप्तेश्वर गुफाको गेट, डेभिजफल उकालो, मित्रबन्धुटोल चोक र वराल फिडचोक लगायतका १२ स्थानमा सीसी क्यामेरा जडान गरिएको चौकीका इञ्चार्ज सहायक प्रहरी निरीक्षक हुतबहादुर रोकाले वताए ।

करिब १० लाख लागतमा सीसी टिभि जडानको लागि पोखरा लेखनाथ महानगरपालिका कार्यालयले ३ लाख ५४ हजार नौ सय ४५ रुपैया, गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले ३ लाख ५० हजार, वराल फिडले ५० हजार, स्रि्रदी टे्रडिङ प्रालिले ३० हजार, इन्द्रेणी वचत तथा ऋण सहकारी संस्थाले १५ हजार, डेभिज फल टोलविकास संस्था, कृस्ती मिलन वचत तथा ऋण सहकारी संस्था लि. लुम्बिनी विकास बैंक छोरेपाटन शाखाले दश/दश हजार, शीतल वचत तथा ऋण सहकारी संस्था लि., डेभिजफल बचत तथा ऋण सहकारी संस्था, छोरेपाटन ट्याक्सी समुह, गुप्तेश्वर महिला जागरण समाजले पाँच/पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेको थिए ।

सो अवसरमा गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका ब. उपाध्यक्ष तुलसीराम वराल, वराल फिडका सूर्य वराल, स्रि्रदी टे्रडिङ प्रालिका प्रतिनिधि महदत्त भट्टराई, इन्द्रेणी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर अधिकारी, डेभिजफल टोलविकास संस्थाका अध्यक्ष रंगीला आचार्य, कृस्ती मिलन वचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष कमल रेग्मी, लुम्बिनी विकास बैंक छोरेपाटन शाखाका प्रमुख रामचन्द्र वराल, शीतल वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष वेदराज ढकाल, डेभिजफल बचत तथा ऋण सहकारी संस्था राजन अधिकारी, गुप्तेश्वर महिला जागरण समाजका अध्यक्ष देवीकुमारी वराललाई सम्मानपत्र, अबीर र खादा लगाएर सम्मान गरिएको थियो ।

क्लबले समाजमा उत्कृष्ठ सामाजिक कार्य गरे वापत झपिन्द्रराज रेग्मी र तुलसीराम वराललाई सम्मान पत्रद्धारा सम्मानद्धारा सम्मान गरेको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना, पोखरा लेखनाथ वडा नं. १७ अध्यक्ष तिर्थराज अधिकारी, क्लबका सल्लाहकार झपिन्द्रराज रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए । क्लबका अध्यक्ष गोपाल वरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष दिपक सुवेदीले र संचालन बरिष्ठ उपाध्यक्ष ऋषिराम वरालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेवान) पोखराको अध्यक्षमा दीपक तिमिल्सिना सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको…
  • लायन्स डेस्टिनेसनमा सन्तोष

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । लायन्स क्लब अफ पोखरा डेस्टिनेसनको वर्ष २०२३/०२४ मा सन्तोष शर्मा अध्यक्ष चयन भएका छन् । लायन्स क्लब डिस्ट्रिक्ट…
  • वाद्यवादन सामग्री विरतण

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा महानगरपालिका वडा १२ ले वडाका आमा समूहलाई वाद्यवादन सामग्री वितरण गरेको छ । बुधबार ९ आमा समूहलाई…
  • ६८ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    लेखनाथ । गण्डकी मिजार समाज पोखरा–२६ सक्नेरीले बिहीबार आयोजना गरेको कार्यक्रममा ६८ युनिट रगत संकलन भएको छ । कार्यक्रमको शुभारम्भ…
  • अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । १८ औं फेवा नव वर्ष महोत्सव सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समितिले काम थालेको छ । यसका लागि…

hero news full width