पोखरा, ५ साउन । साउन महिना शुरुसँगै बोलबम रौनक हुँदैछ । यसै सर्न्दर्भमा केदारेश्वर महादेवमणि सेवाश्रम समिति बोलबमधाम, पोखराले हरेक वर्ष साउन सोमबार आयोजना गर्दैआएको बोलबम जलयात्रा कार्यक्रम प्रचारका लागि मोटरसाइकल र्याली प्रदर्शन गरेको छ ।
बैदामस्थित मन्दिरको मूलगेटबाट शनिबार बिहान शुरु भएको र्यालीको बोलबम संयोजक समेत रहेका विश्व हिन्दू महासंघ कास्की अध्यक्ष शंकर खरालले उद्घाटन गरेका थिए । उनले १५ वर्षअघि केदारेश्वरले शुरु गरेको बोलबम जलयात्रा छिमेकी जिल्लामा समेत फैलिँदै गएको बताए । उनले यसपालि पनि कार्यक्रम भव्यरुपमा सम्पन्न गर्न सबैको सहयोगको खाँचो औल्याए । र्याली लेकसाइड, हल्लनचोक, जिरो किमी, सिर्जनाचोक, विन्ध्यवासिनी, बगर, नदीपुर, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, पृथ्वीचोक, बिरौटा हुँदै पुनः केदारेश्वर पुगेर समापन भएको थियो । ‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ भक्तजनले साउन सोमबार सेतीनदी किनार गाईघाटबाट जल लिएर भजनकीर्तनका साथ केदारेश्वरमा जलार्पण गर्दै शिवको पूजाआजा गर्दछन् । मन्दिरमा पूजाआजाका लागि हजारौं भक्तजनको भीड लाग्ने हुँदा आयोजकले सोही अनुसार तयारी पूरा गरेको केदारेश्वर महादेवमणि सेवाश्रम समिति सचिव खिमबहादुर पहारीले जानकारी दिए । पोखरा बृहत् सरसफाइ अभियान गत साता मन्दिरमा पुगेकोमा शनिबार डिभाइन युथ क्लबले पनि सो क्षेत्रमा सरसफाइ गरेको छ ।
मन्दिरका पीठाधीश डा लेखनाथ आचार्यले साउनमा भगवान् शिवको पूजाआजा गरे चिताएको पूरा हुने विश्वास रहेको उल्लेख गर्दै यसको महिमा अपरम्पार रहेको बताए । यस वर्ष १५ औं संस्करणको बोलबम जलयात्रा साउन ७, १४,२१ र २८ गते हुनेछ । यसैबीच, केदारेश्वर मन्दिर व्यवस्थापन समिति पूर्व अध्यक्ष सूर्यनाथ अधिकारीको निधनमा मोटरसाइकल र्यालीका सहभागीले कार्यक्रम शुरु हुनुअघि मौनधारण गरेका थिए । बैदाम निवासी अधिकारीको ७३ वर्ष उमेरमा गत साता निधन भएको हो ।
Related News
सम्बन्धित समाचार
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
पोखरा १२ ले बनायो आफ्नै एप
पोखरामा सामुदायिक थियटरको माग
प्रहरी कार्यालयको भवन शिलान्यास
अमरसिंहको ६७ औं वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९