पोखरा, ३ साउन । जुम्लामा अनसनरत प्राडा गोविन्द केसीलाई उनको इच्छाविपरीत उपचारका नाममा जबर्जस्त काठमाडौं लगिएको छ ।
जुम्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत प्राडा केसीलाई सरकारले विहीबार काठमाडौं लगेको हो ।
बीस दिनदेखि अनशनरत प्राडा केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट साँझ ६:४५ मा काठमाडौँ लगिएको हो ।
टुँडिखेलमा अवतरण गराइएलगत्तै प्राडा केसीलाई एम्बुलेन्समार्फत त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो । उनलाई त्रिवि शिक्षण अस्पतालको नाक, कान घाँटी कक्षमा राखिएको छ ।
केसीलाई काठमाडौँ ल्याउन खोज्दा कर्णाली प्रतिष्ठान अस्पतालभित्र झडप हुँदा १ प्रहरी गम्भीर घाइते हुनाका साथै १० भन्दा बढी घाइते भएका छन् ।
यसैबीच, गृहमन्त्रालयले आमरण अनशनरत प्राडा गोविन्द केसीका मागका सम्बन्धमा सम्बन्धित निकायबाट विधिपूर्वक समाधान हुने भन्दै शान्तिकायम राख्न आ-आफ्नो स्थानबाट संयमित रही भूमिका निर्वाह गर्न अपील गरेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गरी प्रतिष्ठानमा अनशनरत प्राडा केसीलाई काठमाडौँ ल्याउने क्रममा त्यहाँका विद्यार्थी र कर्मचारी लगायतबाट सुरक्षाकर्मीमाथि हुलहुज्जत गरी प्रतिष्ठानको माथिल्लो तलाबाट सिसा, कुर्चीलगायत अस्पतालभित्रका सामग्रीले प्रहार गरेको जनाएको छ ।
उता, नेपाली काँग्रेसले जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीलाई काठमाडौँ ल्याउने क्रममा भएको झडपको विरोध गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी चिकित्सा शिक्षा सुधारका लागि कांग्रेसको सरकारले जारी गरेको अध्यादेशभन्दा विपरीत विधेयक ल्याउनेतर्फ सरकार लाग्नुले स्थिति जटिल बन्दै गएको उल्लेख गरी संसद् बैठक आठ दिन पर सारिएको विषयलाई गम्भीर रुपमा लिइएको जनाएका छन् ।
यसैगरी, प्राडा केसीको उपचार निहुँमा सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा गरेको ब्यापक तोडफोड तथा त्यहाँका डाक्टर, विद्यार्थीमाथि गरेको दमनप्रति नागरिक समाज पोखरा र राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । नागरिक समाजतर्फबाट प्रवक्ता ठाकुरप्रसाद बराल र सम्पदा तथा जनअधिकार संरक्षण समितितर्फबाट महासचिव सुनिल पाण्डेले संयुक्त विज्ञप्ति जारी गर्दै अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सरकारबाटै तोडफोड हुनु दुःखत भएको उल्लेख छ ।
यस्तै, केसीको सत्याग्रहलाई समर्थनका नाममा देशभरका अस्पतालमा आन्दोलनरत डाक्टरस्र्ाई स्वाथ सेवा बन्द नगर्न समेत आग्रह गरिएको छ । देश र जनताको भलो चाहने सपूतलाई बारम्बार गिरफ्तार, धरपकट गरिनु सबै स्वाभिमानी देशभक्तको अपमान हो भन्दै यस्ता घटना भविष्यमा नदोहोर्याउन र तत्काल माग सुनुवाइको लागि सम्बद्ध पक्षसँग माग गरिएको छ ।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९संसद फेस गर्छु : मुख्यमन्त्री अधिकारी
चैत्र १३, २०७९