हेमजामा आधुनिक सुपरमार्केट

आदर्श समाज सम्वाददाता
श्रावण ४, २०७५
hemja photo 1

हेमजा, ३ साउन। पोखरा २५, हेमजाको नहरचोकमा आधुनिक सुपरमार्केट सञ्चालनमा ल्याइएको छ।

हेमजा आधुनिक सुपरमार्केट नाम दिइएको उक्त मार्केट स्थानीय कृष्णबहादुर थापाले स्थापना गरेका हुन्।

उनले करिब ६ रोपनी आफ्नै जग्गामा २ करोड ३० लाख रुपैयाँ लगानी गरी सो मार्केट स्थापना गरेका हुन्।

जसमा ५८ सटर, एक क्यान्टिन, पार्किङस्थल, लक्ष्मीनारायणको मन्दिर, कार्यक्रमका लागि स्टेज, खेलकुदका लागि खेल मैदानको व्यवस्था पनि मिलाइएको छ। भित्री सटरहरुमा पनि यातायात सहजै पुग्न सक्ने व्यवस्था छ ।

थापाले उक्त सुपरमार्केटमा चौवीसै घण्टा चौकीदारको व्यवस्था गर्ने, विभिन्न ठाउँमा सिसी क्यामेरा राख्ने तथा तरकारीको मण्डी खोल्ने तयारी पनि गरेका छन्।

मार्केट स्थापना भएसँगै कास्कीको अन्नपूर्ण गाउँपालिका, माछापुच्छे्र गाउँपालिका, हेमजा, पुरुञ्चौर, कास्कीकोट, उपल्लो लामाचौर लगायत क्षेत्रबाट किनमेलका लागि मानिस आउने विश्वास गरिएको छ।

रोजगारीको शिलशिलामा भारतमा १० वर्ष र अमेरिकाका केही महिना पसिना बगाएका ५० वर्षे थापाले आफ्नै जन्मगाउँमा केही व्यवसाय गर्नुपर्दछ भन्ने भावनाका साथ मार्केट स्थापना गरेको जनाए ।

निम्नस्तरका जनतालाई लक्षित गरी सूपथ मूल्य सटर भाडामा दिइरहेको थापाले बताए।

Related News

सम्बन्धित समाचार

  • लेखनाथमा सेयरसम्बन्धी तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    लेखनाथ । लेखनाथ जेसीजले युवालक्षित गरी सेयरसम्बन्धी तालिम प्रदान गरेको छ । तालिममा सेयरसम्बन्धी ख्यातिप्राप्त सुवासचन्द्र भट्टराईले प्रशिक्षण दिएका थिए…
  • अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर

    आदर्श समाज सम्वाददाता श्रावण २५, २०७९
    पोखरा । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एकमात्र आधिकारिक बिक्रेता अग्नि ग्रुपले सेवाग्राहीको सुविधाका निम्ति नयाँ टु एस सर्भिस सेन्टर पोखरा…
  • सहकारी बैंकको वार्षिक समीक्षा

    आदर्श समाज सम्वाददाता श्रावण २४, २०७९
    पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको पोखरामा आयोजित ३ दिने वार्षिक समीक्षा गोष्ठी सोमबार सकिएको छ । आर्थिक वर्ष २०७८÷०७९…
  • पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण २३, २०७९
    पोखरा । पोखरा उद्योग वाणिज्य संघका वर्तमान उपाध्यक्ष अर्जुन पोखरेलले आगामी महाधिवेशनमा संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।…
  • राष्ट्रिय सहकारी बैंकको समीक्षा पोखरामा

    आदर्श समाज सम्वाददाता श्रावण २२, २०७९
    पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक समीक्षा गोष्ठी शनिबारदेखि पोखरामा सुरु भएको छ । ३…

hero news full width