लेखनाथ, ३ साउन । विश्वविद्यालयको १९ औं साधारण सभाबाट पोखरा विश्वविद्यालय, संयुक्त आंगिक महाविद्यालय/शैक्षिक संस्था तथा संयुक्त आंगिक कार्यक्रम सञ्चालनसम्बन्धी नीति, २०७५ र नियमावली, २०७५ पारित भएको छ ।
प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा विहीवार पोखरा ३०, खुँदीमा भएको साधारणसभाले सो पारित गरेको हो ।
यस्तै, विश्वविद्यालयको आव २०७५/०७६ को लागि कुल ८६ करोड २९ लाखको बजेट पारित भएको छ । पारित बजेटमध्ये पुँजीगत खर्चतर्फ २७ करोड २६ लाख ७३ हजार र साधारण खर्चतर्फ ५९ करोड २ लाख २७ हजार रुपैयाँ रहेको छ ।
पारित बजेटको आयतर्फ आंगिक कार्यक्रमबाट २१ करोड ३४ लाख ९२ हजार, सम्बन्धन कार्यक्रमबाट ३६ करोड २७ लाख १२ हजार, विश्वविद्यालय अनुदान आयोग/नेपाल सरकार र अन्यबाट २० करोड २२ लाख ७६ हजार, ब्याज आयबाट ६ करोड ३० लाख ५५ हजार र विविध आयबाट २ करोड १३ लाख ६५ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।
बैठकले पोखरा विश्वविद्यालयको भौतिक पूर्वाधार, शैक्षिक तथा प्राज्ञिक उन्नयनको विकास र विस्तारका लागि तयार पारिएको विश्वविद्यालयको रणनीतिक योजनाको मस्यौदा स्वीकृति गरेको छ ।
अध्यक्षको आसनबाट बोल्दै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री ओलीले ठाउँको हिसाब र हामी सबै जनताको अपेक्षाका कारण पोखरा विश्वविद्यालय एउटा असाधारण महत्व बोकेको विश्वविद्यालय भएको बताए । उनले विश्वविद्यालयले नयाँ नयाँ खोज एवं सोचको रूपमा र दक्ष मानव शक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए।
उनले प्राविधिक शिक्षामा जोड दिने कुरा सकारात्मक भएको उल्लेख गर्दै राष्टिय शिक्षा पद्धति अनुरूप विश्वविद्यालय अगाडि बढनुपर्ने सुझाव दिँदै प्रजातान्त्रिक विधि र प्रक्रियामा रही देश बनाउने कुरामा आफू दत्तचित्त भएको विचार व्यक्त गरेका थिए ।
उनले देशलाई भष्ट्राचारमुक्त तुल्याई सु-शासन कायम गरेर देशको मुहार फेर्ने आफ्नो एकमात्र लक्ष्य भएको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यो लक्ष्य पूरा गर्ने माध्यम भनेको नै शिक्षा भएको र यसको विकासका लागि सरकार हरपल प्रतिबद्ध रहेको विचार व्यक्त गरेका थिए ।
स्वागत मन्तव्य राख्दै उपकुलपति प्रा चिरञ्जीवीप्रसाद शर्माले पोखरा विश्वविद्यालयका उत्पादनले बजारोन्मुख समावेशी, समन्यायिक र गुणस्तरयुक्त शैक्षिक प्रणालीको विकासमा महत्वपूर्ण टेवा प्रदान गर्दै आएको र विश्वविद्यालयमा रहेको हालको २९ हजार ४ सय २५ विद्यार्थी संखया २ वर्षभित्र दोब्बर बनाइने लक्ष्य राखेको बताए ।
आगामी दिनमा विश्वविद्यालय अनुदान आयोगसँग सहकार्य गरी प्रतिस्पर्धी तवरले अनुसन्धानका गतिविधिलाई अघि बढाइने नीति अख्तियार गरिने, समयसापेक्ष र रोजगारमुखी नयाँ तथा बजारमुखी कार्यक्रमको पाठ्यक्रम संरचना विकास र निर्माणमा अझ बढी जोड दिने उपकुलपति शर्माले बताए ।
नेपालमा ठूलो संख्यामा छात्रवृत्ति प्रदान गर्ने एकमात्र विश्वविद्यालय पोखरा विश्वविद्यालय भएकाले छात्रवृत्ति कार्यक्रम मार्फत वर्षेनी ४५ करोडभन्दा बढी रकम राष्ट्रलाई लगानी गरेको उनले बताए ।
पोखरा विश्वविद्यालयले पूर्वमा काठमाडौं उपत्यकादेखि पश्चिममा महेन्द्र नगरसम्म प्रदेश ३, ५ र ७ मा ५० भन्दाबढी शैक्षिक कार्यक्रमहरू सञ्चालन गरेको, विद्यार्थी सङ्ख्याका दृष्टिले देशको दोस्रो ठूलो विश्वविद्यालयको रूपमा रहेको, झण्डै सत्प्रतिशत प्राविधिक र व्यावसायिक विषयहरूमा शिक्षा प्रदान गर्दै आएको, स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधि तहका संकाय संचालन गर्दै आएको पोखरा विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिए। गत असार २३ गतेका लागि तय साधारण सभा १५ दिनपछि विहीवारमात्र सम्पन्न भएको हो ।
Related News
सम्बन्धित समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
५ सचिवको सरुवा
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
hero news full width
मुख्य समाचार
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९