लमजुङ, ३ साउन। सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लमजुङ कृषि क्याम्पसमा निर्माण गर्न लागिएको छात्रावास भवन ११ वर्षमा पनि पूरा नभएपछि विद्यार्थी दबाबका लागि आन्दोलनमा उत्रिएका छन्। उनीहरु क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाई आन्दोलनमा उत्रिएका हुन्।
आफूहरूले तीनदिन अघिदेखि गरेको सांकेतिक हड्तालको क्याम्पस प्रशासनले बेवास्ता गरेको भन्दै त्यसविरुद्ध पढाइ ठप्प पारेर क्यामपस प्रमुखको कार्यकक्षमा ताला लगाएको बताए ।
क्याम्पसमा क्रियाशील विद्यार्थी संगठन अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र अनेरास्ववियु (क्रान्तिकारी)ले संयुक्त रूपमा आन्दोलनका कार्यक्रम घोषणा गर्दै आन्दोलन गरेका छन् । यसअघि एकअर्काबीच कुटाकुटमा उत्रने विद्यार्थी संगठन यसपटक भने संयुक्त रुपमा आन्दोलनमा होमिएका हुन्।
एघार वर्षअघि निर्माण शुरु गरिएको ४२ कोठे छात्रावास निर्माणमा ढिलाइ भएकाले विद्यार्थी आन्दोलनमा उत्रन बाध्य भएको उक्त क्याम्पसको नेवि संघ एकाइ उपाध्यक्ष भूपि पौडेलले बताए। उनका अनुसार २०६४ सालदेखि छात्रावास निर्माण कार्य शुरु गरे पनि अहिलेसम्म सम्पन्न नहुँदा विद्यार्थी महङ्गो भाडा तिरेर क्याम्पस बाहिर सुन्दरबजारमा भाडामा बस्नुपरेको छ।
क्याम्पसका छात्र दीपक खनालले नयाँ होस्टल बन्न नसक्दा बाँकी विद्यार्थी सुन्दरबजारमा महँगोमा कोठा भाडामा लिएर बस्न बाध्य भएको बताए। उनले भने, ‘क्याम्पसको छात्रावसमा बसी पढ्न पाउनु हाम्रो अधिकार हो। बाहिर कोठा भाडामा लिएर बस्नुपर्छ। भाडा महँगो छ।’
छात्राबास मात्र हैन क्याम्पसमा खानेपानीको पनि समस्या छ। खानेपानी, सधैँ बाहिरबाट किनेर ल्याउने गरेको छात्राबासमा बसेकी सातौँ सत्रकी प्रतिभा गैरेले बताइन्। उनी भन्छिन् ‘मैले २ वर्षदेखि छात्राबासमा छु तर खानेपानी पाइँदैन, बाथरुममा पानी आउँदैन, खानेपानी पाइन्न भनेपछि शौचालयमा पानी हुने प्रश्नै रहेन।’ यस्तो स्थितिमा कसरी दिमागले काम गर्छ र पढ्ने गैरेको गुनासो छ ।
क्याम्पसमा ५२ जनाको शिक्षक दरबन्दी रहे पनि १७-१८ जनाभन्दा बढी कहिल्यै नहुने र आफ्ना निजी क्याम्पसमा धाउने गर्नाले कहिले महिना दिनसम्म पनि पढाइ नहुने विद्या चौधरीले बताए।
विद्यार्थीले ४५ दिनभित्र छात्रावास र एक महिनाभित्र इ-पुस्तकालय र प्रयोगशाला कक्षको निर्माण हुनुपर्ने माग गरेका छन्।
क्याम्पस प्रशासनको लापरवाहीले सीमा नाघेको भन्दै प्रमुखको कार्यकक्षमा तालाबन्दीका साथ क्याम्पस प्रांगणमा टायर बालेर बिरोध प्रदशन गरिएको कृषि क्याम्पसका कमिटी अनेरास्ववियूका अध्यक्ष दीपेश चौधरीले बताए। उनले भने, ‘आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने र रिले अनशनसमेत घोषणा गरेका छौँ।’
उक्त क्याम्पसमा ४ सय ९ जना विद्यार्थी अध्ययनरत छन्। छात्रावासमा १ सय ५० जना विद्यार्थी बस्छन्। अन्य विद्यार्थी बजार क्षेत्रमा भाडामा बस्न बाध्य भएका छन्। छात्रावास भवन निर्माणको जिम्मा सुन्दरबजारकै मालिका कन्सट्रक्सन प्रालिले लिएको छ।
क्याम्पस प्रमुख विष्णुविलास अधिकारीले क्याम्पसमा ४० प्रतिशत छात्रा रहेको र तीमध्ये आधाजसो बाहिरै बस्न बाध्य भएको स्वीकारे । उनले भने, ‘छात्राबासबारे ११ वर्षमा पनि एउटा भवन बन्न सकेन म आफैलाई लाजको स्थिति छ। पटकपटक म्याद थप गरी निर्माण कार्यलाई अगाडि बढाउन ठेकेदारलाई आग्रह गर्दा समेत समयमा निर्माणमा ढिला भैरहेको छ।’ छात्रावास भवन १ करोड ४१ लाखको लागतमा २०६४ सालदेखि निर्माण कार्य शुरु गरिएको हो।
Related News
सम्बन्धित समाचार
वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
रेडियोकर्मी ताम्राकारको निधन
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौंमा पुष्कर
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
चैत्र १०, २०७९