पोखरा, ३ साउन । सृजना आवासीय माविमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा युनिभर्सिटीका पूर्व भाइस चान्सलर प्राडा विष्णुराज तिवारीले कार्यक्रम उद्घाटन गर्दै विद्यार्थीलाई पढ्नुपर्छ भन्ने धारणा जगाउने, शिक्षा लिइसकेपछि त्यसलाई व्यवहारमा समेत उतानुपर्ने, पुरानो पढाउने तरिकालाई परिर्वतन गरी प्रयोगात्मक विधिबाट पठनपाठन गराउनुपर्ने कुरामा जोड दिए ।
नवआगन्तुक विद्यार्थीको तर्फबाट सुस्मिता रामदाम र कक्षा १२ का विद्यार्थीको तर्फबाट प्रकाश शर्मा, जानकी थापाले मन्तव्य दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका सदस्य अधिवक्ता गिरधारी सुवेदी, १० जोड २ का कार्यक्रम संयोजक हेमराज तिवारी विद्यालयका फिजिक्स शिक्षक जीवन रेग्मी अभिभावकतर्फबाट धु्रव सुवेदी लगायतले आफ्नो मन्तव्य राखेको प्लस टुका सह-संयोजक सन्तोष पौडेलले बताए ।
विद्यालय संस्थापक एवं प्राचार्य डोलराज पाण्डेले विद्यालयले अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्दै इन्टरनेशनल अवार्ड समेत प्रदान गरेको कुरा व्यक्त गरे । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम र कविता वाचन गरिएको थियो । कार्यक्रम संचालन कक्षा १२ विज्ञान संकायका सन्देश भण्डारी र अनुपमा बज्राचार्यले गरेका थिए।
Related News
सम्बन्धित समाचार
खुडेपोखरी क्षेत्रको डुवान नियन्त्रण गरिने
एसओएस स्कुलमा वृक्षरोपण
तीज गीत र महिला खेलकुद प्रतियोगिता हुने
कृष्ण प्रणामी मन्दिरमा कथावाचन
सामुदायिकको स्वास्थ्य शिविर
hero news full width
मुख्य समाचार
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
श्रावण २२, २०७९ड्रागन फल्दा किसानमा हर्ष
श्रावण २१, २०७९पोखरामा कृषि एम्बुलेन्स
श्रावण २१, २०७९प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
श्रावण २०, २०७९‘एक घर एक धारा’ सधैं अपूरा
श्रावण २०, २०७९