रोटरी पोखरा लेकसाइडको पदस्थापन

आदर्श समाज सम्वाददाता
श्रावण ४, २०७५
rotary

पोखरा, ३ साउन  । रोटरी क्लब अफ पोखरा लेकसाइडको तेस्रो पदस्थापन समारोहसम्पन्न भएको छ । पोखरामा बुधबार भएको समारोहमा क्लबका वर्ष २०१७/१८ का अध्यक्ष भगतकुमार श्रेष्ठले वर्ष २०१८/१९ का अध्यक्ष जयराम पौडेललाई पद हस्तान्तरण गरे ।

प्रमुख अतिथि रोटरी इन्टरनेशनल ३२९२, नेपाल-भुटानका डिस्ट्रिक्ट गभर्नर चिन्तामणि भट्टराईले समारोह उद्घाटन गर्दै रोटरी अभियानमा रोट्रयाक्टको उपस्थिति बलियो रहेको जानकारी दिए । संयुक्त राष्ट्र संघको स्थापनामा पहल, पोलियो उन्मुलन अभियान जस्ता अभियानमा रोटरीको ज्यादै महत्व रहेको उल्लेख गर्दै उनले यसको मूल्य-मान्यता बिर्सन नहुने बताए ।

चार्टर प्रेसिडेन्ट सुन्दरकुमार श्रेष्ठले रोटरियन भैसकेपछि नराम्रो कुरा छाडेर राम्रो अँगाल्न सकियो भनेमात्र रोटरियन भएको सार्थकता हुने बताए । २० वर्षदेखि आफू रोटरीमा आबद्ध भएको जानकारी दिँदै उनले क्लबले अघि सारेको डायलोसिस सेन्टर निर्माणमा सबैको सहयोगको खँाचो औल्याए ।

क्लब सल्लाहकार विनोद कोइराला लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

सो अवसरमा वर्ष २०१७/१८ का अध्यक्ष भगतकुमार श्रेष्ठले आफ्नो कार्यकालमा सघाउनेलाई अवार्ड वितरण गरेका थिए ।

वर्ष २०१७/१८ का अध्यक्ष जयराम पौडेलले आफ्नो कार्यसमितिको परिचय गराउँदै कार्यकालमा उल्लेखनीय कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यसमितिमा आइपीपी भगतकुमार श्रेष्ठ, प्रेसिडेन्ट इलेक्ट घराना थकाली, उपाध्यक्ष हुम आले, सचिव डिल्लीश्वर दाहाल, कोषाध्यक्ष उपेन्द्र अधिकारी, सहसचिव सानुकाजी लिगल, निर्देशक रोहितराज बास्तोला, शंकरबहादुर केसी, कृष्णबहादुर थापा, दीपक तिवारी, ऋषिराम सापकोटा, सर्जेन्ट एट आर्म अर्जुन खनाल, क्लब मेन्टर राजेन्द्र लिगल, क्लब टे्रनर मोहनसिंह खड्का, एडिटर राजन कुमाल, फेलोसीप चेयर सरस्वती श्रेष्ठ लिगल र फण्ड राइजर पम्फा गुरुङ छन् ।

रोटरीका असिस्टेन्ट गभर्नर डिल्लीप्रसाद शर्माले नयाँ सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाए । ५० जना चार्टर मेम्बर रहेको क्लबमा यस वर्ष ५ जना नयाँ थप भए । जसमा शुक्रराज सुवेदी, योगेन्द्र शर्मा दाहाल, लोकबहादुर गुरुङ, अर्जुनबहादुर बस्नेत, डा क्लारा पौडेल छन् ।

उक्त अवसरमा क्लबले प्रकाशन गरेको स्मारिका ‘द फेवा’ विमोचन गरियो ।

क्लब उपाध्यक्ष पम्फा गुरुङले स्वागत गरेको कार्यक्रमको संचालन सचिव हुम आलेले गरेका थिए ।

सो अवसरमा प्रमुख अतिथिको परिचय प्रेसिडेन्ट इलेक्ट घराना थकालीले क्लब अध्यक्ष पौडेलको परिचय राजेन्द्र लिगलले दिएका थिए भने धन्यवाद ज्ञापन ऋषिराम सापकोटाले गरेका थिए ।

सोही अवसरमा भएको रोट्रयाक्ट क्लब अफ पोखरा लेकसाइडको दोस्रो पदस्थापनमा चार्टर प्रेसिडेन्ट सुभाष मल्लले वर्ष २०१८/१९ का अध्यक्ष श्रीकष्ण अधिकारीलाई पद हस्तान्तरण गरे । सो अवसरमा क्लबले वर्षभरि गरेका विभिन्न गतिविधि दृश्यचित्रमार्फत प्रकाश पारिएको थियो । विभिन्न विधामा अवार्ड दिइएको सो कार्यक्रम संचालन सचिव सन्तोष पन्तले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width