पोखरा, ३ साउन । लिटिल स्टेप माविमा विहीबार अभिमुखीकरण कार्यक्रम भएको छ ।
विद्यालय संस्थापक निर्देशक शेरबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भीमलाल गुरुङले गुणस्तरीय शिक्षा प्रदान गर्ने क्रममा विद्यालयलेे ३६ वर्षसम्म पुर्याएको योगदानको प्रशंसा गरे ।
पञ्चकोशी आर्थर डाँडाखर्क समाजका अध्यक्ष लालप्रसाद गुरुङले विद्यालयले नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आएको बताए ।
अभिभावक टेकप्रसाद भण्डारीले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालय, विद्यार्थी तथा अभिभावक तिनै पक्षको महत्व हुने बतँए ।
नवआगन्तुक विद्यार्थी मीरा दोर्जे , कक्षा १२ का विद्यार्थी प्रशान्त गुरुङले मन्तव्य राखेका थिए।विद्यालय संस्थापक प्राचार्य पम्फा गुरुङले विद्यालयको चिनारी दिँदै विद्यालयमा परिचालन गर्नुपर्ने आचारसंहिताको बारेमा जानकारी दिइन् । संयोजक विनोद गिरीले स्वागत मन्तव्य राखेका थिए ।
यसैबीच, विद्यालयले सामाजिक उत्तरदायित्वस्वरुप रोटरी क्लब अफ पोखरा लेकसाइडलाई ५० हजार रुपैयाँ प्रदान गरेको छ । सो रकम क्लब अध्यक्ष जयराम पौडेलले ग्रहण गरे ।
यस्तै, पत्रकारिता तथा समासेवामा समर्पित राजबहादुर गुरुङलाई २५ हजार रुपैयाँ सहित सम्मान गरियो ।
कार्यक्रममा बोल्दै पत्रकार गुरुङ तथा रोटरी अध्यक्ष पौडेलले विद्यालयको अझ प्रगतिको कामना गर्दै सहयोगप्रति आभार प्रकट गरे ।कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९