संस्थागत भ्रष्टाचारले विकासमा बाधा : मुख्यमन्त्री गुरुङ

आदर्श समाज सम्वाददाता
श्रावण २, २०७५
mukhya mantri

लमजुङ, १ साउन। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्थागत भ्रष्टाचारले विकासमा बाधा परेको बताएका छन्।

जिल्ला समन्वय समिति लमजुङको दोस्रो जिल्ला सभा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन्।

मुख्यमन्त्री गुरुङले भ्रष्टाचार, ढिलासुस्ती, काममा लापरबाही हुनुका साथै संस्थागत रूपमै भ्रष्टाचारले जरा गाडेका कारण विकासका काम आशाअनुरूप हुन नसकेको उल्लेख गरे ।

संस्थागत भ्रष्टाचारका रूपमा उनले उपभोक्ता समितितर्फ संकेत गर्दै ती समितिका कुनै पनि पदमा जनप्रतिनिधि बस्न नहुनेमा जोड दिए। ‘संस्थागत रुपमा पनि भ्रष्टाचार भइरहेको छ। उपभोक्ता समितिमा पनि यो समस्या छ। त्यसतर्फ स्थानीय सरकारको ध्यान जान आवश्यक छ’ उनले भने। उनले भ्रष्टाचार तथा अनियमित कार्यलाई शून्यमा झार्न जिससका प्रमुख र सदस्य निरन्तर लाग्नुपर्छ भन्ने उल्लेख गरे। उनले विकास निर्माणका कार्यमा क्षेत्रगत र संस्थागत रुपमा विभाजन गरी जनप्रतिनिधिले काम गरे विकास निर्माणले गति लिने विश्वास व्यक्त गरे। त्योसँगै विकास निर्माणका काममा भ्रष्टाचार र अनियमितता जस्ता गैरकानूनी क्रियाकलाप रोकिने बताए। मुख्यमन्त्री गुरुङले भने, ‘त्यसको अनुगमन गर्ने र विकासमा समन्वय गर्ने दायित्व अब जिससको हो।’

‘संघीय संरचनामा विकासको गति हिजोको कर्मचारीले चलाएको जस्तो हुनुहुँदैन। जनताको अपेक्षा अनुसार काम गर्नुपर्छ। बजेट सिध्याउनेमात्रै काम गर्नुहुँदैन, जिल्ला समन्वय समितिसहितका जनप्रतिनिधिलाई निर्देशन दिँदै उनले भने, ‘विकास निर्माणमा जनप्रतिनिधिले अनुगमन गरे नगरेको प्रदेश कार्यालयले हेर्छ।’

मुख्यमन्त्री गुरुङले संघीयताको कार्यान्वयन सफल रुपमा भए मात्रै विकास र समृद्धि हासिल हुने दावी गरे। उनले स्थानीय सरकार बलियो भएमात्र जनाताले सिंहदरबारको अधिकार गाउँमा आएको महसुस गर्ने बताउँदै जनप्रतिनिधि जनताप्रति उत्तरदायी भए संघीयता सफल हुनेमा जोड दिए। जनताका समस्याहरु समाधान गर्दै जनताप्रति उत्तरदायी, जवाफदेही भई काम गर्न जनप्रतिनिधीलाई उनले निर्देशन दिए। जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिकामा खटिएका कर्मचारीलाई क्षमता अभिवृद्धि हुने खालका तालिम सञ्चालन गर्न जिसस लमजुङलाई मुख्यमन्त्री गुरुङले ध्यानाकार्षण गरेका थिए।

उक्त सभामा प्रदेश सभा सदस्य सांसदत्रय मायानाथ अधिकारी, धनन्जय दवाडी र मधु अधिकारी, संविधान सभा सदस्य टुका हमाल, गण्डकी प्रदेशका मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरे, वेशीशहर नगरपालिकाका मेयर गुमानसिं अर्याल, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, नेकपाका जिल्ला संयोजक कृष्णप्रसाद अधिकारी, काँग्रेसका जिल्ला अध्यक्ष भेषबहादुर पौडेल, राप्रपाका जिल्ला अध्यक्ष इन्द्रबहादुर मल्ल र नयाँ शक्ति नेपालका जिल्ला संयोजक राजु थापाले शुभकामना मन्तव्य राखेका थिए।जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेको अध्यक्षतामा गरीएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख धनमाया तामाङले स्वागत तथा जिल्ला समन्वय अधिकारी अन्तरबहादुर सिलवालले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । जिल्ला समन्वय समिति कास्की उपप्रमुख सरिता माललाई छोरीलाई नेपालमै राखेकामा पछुतो छ । प्लस टु सकेपछि छोरीका साथीहरु…
  • निर्माण व्यवसायीले बुझाए ज्ञापन

    आदर्श समाज सम्वाददाता माघ ६, २०८१
    पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले विभिन्न मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । व्यवसायीहरुका माग सम्बोधन गर्न माग गर्दै…
  • मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङअन्तर्गत ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । प्रतियोगीहरुले विभिन्न विधामा…
  • संरक्षण आमा समूहद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बाटुलेचौरस्थित संरक्षण आमा समूहले समूहको विकास र उन्नयनमा भूमिका खेल्ने आमाहरूलाई सम्मान गरेको छ । समूहको २४ औं…
  • सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज…

hero news full width