काठमाडौँ, १ साउन। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्र र प्रदेश सरकारका केही क्रियाकलापप्रति असहमति राख्दै यही साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने भएको छ।
काँग्रेस महामन्त्री डा शशांक कोइरालाले आज विज्ञप्तिमार्फत उक्त विरोध सभाका लागि पार्टीका जिल्ला समितिलाई निर्देशन दिँदै भ्रातृ एवं शुभेच्छुक संस्था र पार्टीका सबै एकाइलाई समेत सहभागी हुन आहृवान गरेका छन्।
उनले सत्ता पक्षले संघीय संसद् र प्रदेश सभाका सभामुख र उपसभामुख अलग अलग दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाको उल्लंघन गरेको, सरकारमा संघीय व्यवस्थाको भावना विपरीत अधिकारको केन्द्रीकरण गरेको, शक्ति पृथकीकरणको सिद्धान्त विपरीत स्वतन्त्र न्यायालयप्रति प्रस्तुत भएको र संवैधानिक निकायलाई कार्यकारीको छायामा राख्ने जस्ता प्रवृत्ति प्रकट भएको आरोप पनि लगाएका छन्।
“काँग्रेसका सभापति प्रधानमन्त्री भएको बेला विधिसम्मत् तरिकाबाट गरिएका नियुक्तिहरुलाई गैरकानूनी तरिकाबाट खारेज गर्ने, तत्कालीन सरकारले ७० वर्षबाट घर्टाई ६५ वर्षमा वृद्ध भत्ता दिने निर्णय, मिगौर्ला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटुरोगका गम्भीर बिरामीलाई मासिक रु पाँच हजार जीविकोपार्जन भत्ता दिने व्यवस्था तथा भूकम्प पीडितलाई थप एक लाख राहत दिने निर्णयलाई खारेज गर्ने यो सरकारको जनविरोधी निर्णयको विरोध हुन जरुरी छ”, विज्ञप्तिमा उल्लेख छ।
महामन्त्री डा कोइरालाले तत्कालीन सरकारले अध्यादेशमार्फत जारी गरेको चिकित्सा शिक्षा विधेयक हुबहु रुपमा आउनुपर्ने बताएका छन्।रासस
Related News
सम्बन्धित समाचार
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
अनेरास्ववियुद्वारा विद्यार्थी रिहाइको माग
पोखरा १३ मा स्कुल टु वर्क
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
पोखरा महानगरको मतगणना सुरु
hero news full width
मुख्य समाचार
गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
जेठ १३, २०७९पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
जेठ १२, २०७९यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
जेठ १२, २०७९काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
जेठ १२, २०७९धनराज पोखराको १६ औं मेयर
जेठ १२, २०७९