वरपीपल धमाधम ढलेपछि चिन्ता

विपक्षीको नाउँमा अन्तरिम आदेश

आदर्श समाज सम्वाददाता
श्रावण २, २०७५
tree 1

पोखरा, १ साउन । पर्यटकीय नगरी पोखराका मुख्य सडक छेउमा रहेका सदीयौं पुराना वरपीपल लगायत रुख ढालिएपछि परेको रिटमा उच्च अदालत पोखराले विपक्षीको नाउँमा अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालतका न्यायाधीश बालचन्द्र शर्माको एकल इजलासले निवेदन माग बमोजिम निषेधाज्ञाको आदेश किन जारी हुनु नपर्ने हो सोबारे कानूनसम्मत आधार र कारणसमेत खुलाई सूचना प्राप्त भएको मितिले १५ दिनभित्र लिखित जवाफ पेस गर्न मंगलबार आदेश दिएको हो । जसमा जिल्ला प्रशासन कार्यालय, जिल्ला वन र प्रदेश ४ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उच्च सरकारी वकिल कार्यालयमार्फत र अन्य विपक्षीले आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधि वा कानुन व्यवसायीमार्फत लिखित जवाफ पेस गर्नुपर्ने छ ।

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति, नेपालका तर्फबाट समाजका अध्यक्ष रामबहादुर पौडेलले सोमबार उच्च अदालत पोखरामा निषेधाज्ञा/परमादेश रिट दायर गरेका थिए ।

‘अन्तरिम आदेश सहितको निषेधाज्ञा, परमादेश लगायत उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ’ भनी दायर रिटमा पोखरा लेखनाथ महानगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला वन, पोखरा उपत्यका नगर विकास समिति, प्रदेश ४ को उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय, पोखरा वडा ४, ५, ६, ७, ८, ११, १३, १८ को वडा कार्यालय र सम्बन्धित वडा अध्यक्ष गरी २२ जनालाई विपक्षी बनाइएको छ ।

सो रिट उपर निवेदकको तर्फबाट मंगलबार वरिष्ठ अधिवक्ता तिलक पराजुली, विश्व घिमिरे, भूपनिधि पन्त र अधिवक्ता भगवती पहारीले बहस गरेका थिए ।

आदेशमा “अदालतले पर्यावरणीय दृष्टिकोण, आस्था र संस्कृतिको आधार, अपूरणीय क्षति तथा विषयको गाम्भीयर्ता समेतलाई विचार गर्दा निवदेनमा उल्लेख गरिएका रुखहरु नकाट्नू, काट्न नलगाउनू भनी उच्च अदालत नियमावली, २०७४ को नियम ४२ (१) बमोजिम विपक्षीका नाउँमा अन्तरिम आदेश जारी गरिएको छ” भनिएको छ ।

नगरमा रहेका वर, पीपल, समी र आँपका पुराना वृक्षहरु ऐतिहासिक एवं सांस्कृतिक महत्वका निधि भए पनि केही सातायता धमाधम कटान भएपछि काटिएका रुख तथा ठुटा मुडा के कसरी व्यवस्थापन भएको, रुख कटान गर्नुपूर्व सो सम्बन्धमा सार्वजनिक सूचना प्रकाशित भए-नभएको, विज्ञसँग सुझाव लिए-नलिएको, यो मौसम रुख काट्ने मौसम हो-होइन, यसले पर्यावरणीय असर के-कस्तो गरेको, परापूर्वकालदेखि बढे बढाइएका वरपीपल लगायत रुख हाल आएर नकाटी नहुने कारण परिस्थिति के पर्न गएको सोबारे जवाफ विपक्षीसँग मागिएको छ ।

पोखरा महानगरपालिकाले सडक विस्तार तथा विकासका नाउँमा धमााधम नगरका चौतारी भत्काउने र रुखहरु ढाल्ने काम गरेपछि नागरिक समाज र संरक्षणकर्मीले यसअघि पनि चासो देखाउँदै आएका थिए । पोखराको सुन्दरता अझै सुन्दर राख्ने र वातावरण सन्तुलित कायम गर्न सघाउ पुर्‍याउने सदियौं पुराना वर, पीपल, समी, राजवृक्ष, आपँका रुख धमाधम काटिने क्रम रोकिएको थिएन । पुराना रुख ढालेपछि पोखराको सौर्न्दर्यतामा समेत चिन्ता बढ्ने सरोकारवाला बताउँछन् ।नागरिक समाज पोखराका निवर्तमान संयोजक एवं पोखरा उपत्यका बृहत् सरसफाइ अभियानका अभियन्ता समेत रहेका रामबहादुर पौडेल ऐतिहासिक तथा प्राकृतिक सम्पदा विकासका नाउँमा धमाधम सखाप पार्ने षड्यन्त्र भएको भन्दै आमपोखरेलीको चिन्ताको विषयलाई मध्यनजर गर्दै रिट दायर गरिएको बताउँछन् ।

यता, कटान भएका रुख १ सय २० वर्षसम्मका रहेका विज्ञ बताउँछन् । पछिल्लो ६ महिनायता महानगरपालिका वडा ५, ६, ७, ८, ९, १० र १३ वडामा करिब ३ दर्जन बढी वरपीपल, समी, आँपका रुख आंशिक वा पूरै नष्ट गरिएको पाइन्छ । मंगलबार बहस हुँदा उच्च अदालत पोखरामा निवेदकको तर्फबाट पोखरेलीको उल्लेख्य सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width