काठमाडौँ, १ साउन । आर्थिक वर्ष २०७४/७५ मा साना ठूला गरी कूल १५ आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा १ सय मेगावाट विद्युत् थप भएको छ।
विद्युत् विकास विभागका अनुसार नेपाल विद्युत् प्राधिकरणको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना नै सो आवमा सम्पन्न भएको सबैभन्दा ठूलो आयोजना हो।
दार्चुलामा आयोजनास्थल रहेको सो आयोजना निर्माण शुरु भएको करीब ११ वर्षपछि सम्पन्न भएको हो।
यस्तै ११ वटा मझौला प्रकृतिका आयोजनासमेत सो आवमा सम्पन्न भएका छन्। दुर्इवटा लघु जलविद्युत् आयोजनासमेत सोही अवधिमा सम्पन्न भएका छन्।
विभागका अनुसार सोही अवधिमा पञ्चकन्या हाइड्रो पावरको माथिल्लो माई सी आयोजनासमेत सम्पन्न भएको छ। सो आयोजनाको क्षमता छ मेगावाट रहेको छ।
यस्तै सभाखोला चार मेगावाट, पुवाखोला एक ४ मेगावाट, थापाखोला १३.६० मेगावाट, चाके खोलामा दुर्इ मेगावाट, मिदिम तीन मेगावाट, मोलङ सात मेगावाट, मदक्यूखोला १३ मेगावाट, माई साना क्यासकेड आठ मेगावाट, सार्दी खोला चार मेगावाट, फावाखोला पाँच मेगावाट र द्वारी खोला ३.७५ मेगावाट रहेका छन्।
दोलखाको ढुङ्गे जिरी ०.६० र सिउरी भूमे लघु जलविद्युत् ०.२३ मेगावाट क्षमताका आयोजना पनि सोही अवधिमा सम्पन्न भएका छन्। विभागको रजत जयन्तीको अवसरमा मंगलबार यहाँ आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, राष्ट्रिय योजना आयोगका सदस्य कृृष्णप्रसाद ओलीलगायतले ती आयोजनाका प्रवर्द्धकलाई सम्मान गरे।
ठूला आयोजना अध्ययन गर्दै विभाग
जलविद्युत् आयोजनाको अध्ययन र पहिचान गर्ने लक्ष्यका साथ सरकारले स्थापना गरेको विभागले हाल ११ वटा ठूला तथा मझौला आयोजनाको अध्ययन गरिरहेको छ। कूल १० हजार ८ सय मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनाको वातावरणीय अध्ययन सम्पन्न गरेको छ। यस्तै हाइड्रोलोजीको समेत अध्ययन भइरहेको छ। सरकारले सो आयोजनालाई दक्षिण एशियाकै ठूलो आयोजनाका रूपमा अगाडि बढाउने लक्ष्य राखेको छ।
यस्तै ८४ मेगावाट क्षमताको कन्काई बहुउद्देश्यीय आयोजना, ९३ म्ोगावाटको शारदा बबई र १ सय २ मेगावाटको दूधकोशी पाँचौँ आयोजना अध्ययनको चरणमा छन्। कर्णाली स्टेज एक २ सय ८१ मेगावाट, नौमुरे जलाशययुक्त आयोजना ४ सय ३७, अरूण चौथो ३७२, तल्लो अरूण ६ सय ७९, सेती २ सय ८७, सुनकोशी दोस्रो १ हजार १ सय १६ र सुनकोशी तेस्रो ५ सय ४० मेगावाट क्षमताका आयोजना अध्ययनका विभिन्न चरणमा रहेका विभागका महानिर्देशक नविनराज सिंहले जानकारी दिए। रासस
पाँच हजार मेगावाटको अनुमतिपत्र
विभागले करीब ५ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ। कूल १ सय ५९ वटा आयोजनालाई त्यस्तो अनुमति दिइएको छ। अनुमति दिइएकामध्ये ३ हजार ५ सय मेगावाट क्षमताका आयोजना वित्तीय व्यवस्थापन गरेर निर्माणका विभिन्न चरणमा रहेका छन्। यस्तै एक मेगावाट क्षमतासम्मका १५ आयोजनालाई पनि उत्पादन अनुमति दिइएको छ। ती आयोजनाको क्षमता १६ मेगावाट रहेको छ। विद्युत् उत्पादन अनुमतिपत्रका लागि दरखास्त दिइएका आयोजनाको संख्या २७ छ। ती आयोजनाको क्षमता ३ हजार ७३ मेगावाट रहेको छ।
उत्पादन सर्वेक्षणको अनुमति लिएका आयोजनाको संख्या २ सय ९१ रहेको छ। ती आयोजनाको क्षमता १७ हजार ९ सय २१ मेगावाट रहेको छ। एक मेगावाटभन्दा कम क्षमताका २० आयोजनाले पनि सर्वेक्षणको अनुमति लिएको छ। यस्तै ३७ वटा सौर्य ऊर्जाका परियोजनाले समेत अनुमति लिएका छन्। ती आयोजनाको क्षमता २ सय १६ मेगावाट रहेको छ। पाँच मेगावाट क्षमताको वायु ऊर्जा, २७ मेगावाट क्षमताका बायोमास र उखुको खोस्टाबाट विद्युत् निकाल्ने गरी रिलायन्स चिनी उद्योगले अनुमति लिएको छ। बारामा आयोजनास्थल रहेको सो परियोजनाले १५ मेगावाट विद्युत् उत्पादन गर्नेछ। रासस
Related News
सम्बन्धित समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
hero news full width
मुख्य समाचार
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९