चितवन, १ साउन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा चोरीशिकार शून्य भएको छ। तर पछिल्ला वर्षहरुमा प्राकृतिक कारणले दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको मृत्यु भने बढेर गएको छ।
निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार २०७३ चैत २५ गते बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक वनमा तस्करले एउटा गैंडा मारेका थिए। त्यसयता चोरीशिकारीबाट गैंडा मारिएका छैनन्। पछिल्लो समय समुदायमा पनि संरक्षणप्रतिको जागरुकता बढ्दै गएपछि निकुञ्जको सुरक्षा व्यवस्था मजबुद बनेको अर्यालले बताए।
तर प्राकृतिक कारणले गैंडा मर्नेक्रम भने प्रत्येक वर्ष बढ्दै गएको छ। अर्यालका अनुसार गत आर्थिक वर्ष २०७४/०७५ मा विभिन्न कारणले २६ वटा गैंडा मरेका छन्। एक अर्काेसँग जुधेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर, दलदलमा फसेर, घाउको संक्रमणले र बुढो भएर गैंडा मर्ने गरेका छन्।
गतवर्षको साउनमा आएको बाढीका कारण बगाएर र दलदलमा भासिएर चार वटा गैंडा मरेका थिए। त्यसैगरी बच्चा जन्माउन नसकेर तीनवटा, बुढो भएर, जुधेर अन्य गैंडा मरेको अर्यालले बताए।
आर्थिक वर्ष २०७३/०७४ मा २४ वटा गैडा प्राकृतिक कारणले मरेका थिए। आर्थिक वर्ष २०७२/०७३ मा प्राकृतिक कारणबाट १५ वटा मात्रै गैंडा मरेका थिए।
तस्करले गैंडा मार्न नसके पनि प्राकृतिक कारणले मर्ने गैंडाको संख्या बढ्दै गएपछि यसको खोजी शुरु गरिएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले विभागबाट पर्यावरणविद् सहितको टोलीले गैंडाको मृत्युको कारण खोजी गर्ने काम गरिरहेको बताए। गैंडाको संख्या बढाउन प्राकृतिक कारणले मर्नेको संख्या पनि घटाउनु आवश्यक रहेको उनको भनाइ छ। पछिल्लो गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ५ वटा एकसिंगे गैंडा रहेका छन्।
Related News
सम्बन्धित समाचार
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
hero news full width
मुख्य समाचार
पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९