लमजुङ, १ साउन। वन संरक्षण र व्यवस्थापनका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने जिल्लाका ६ वटा वन समूहहरू पुरस्कृत भएका छन्।
उत्कृष्ट हुनेमा सामुदायिक र कवुलयति वनका ३/३ वटा समूह रहेको जिल्ला वन कार्यालयले जनाएको छ।
पुरस्कृत सामुदायिक वनमा सुन्दरबजार नगरपालिका- १ को खरुकेपाखा सामुदायिक वन उपभोक्ता समूह पहिलो, दोर्र्दी गाउँपालिका- १ को जुगेपानी सामुदायिक वन उपभोक्ता समूह दोस्रो र क्ब्होलासोथर गाउँपालिका- ८ को घाम्राङस्थित कोम्रो सामुदायिक वन उपभोक्ता समूह तेस्रो भए ।
जिल्ला वन कार्यालयका वन अधिकृत मोहनराज काफ्लेका अनुसार विजयीलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ।
यसैगरी, कवुलयतितर्फ दोर्र्दी गाउँपालिका- १ को थम्कीखर्क कवुलयति वन उपभोक्ता समूह पहिलो, दूधपोखरी गाउँपालिका- ६, चापखुट्टेपाखा कवुलयति वन उपभोक्ता समूह दोस्रो र मस्र्याङदी गाउँपालिका- ८, सिमलचउर कवुलयति वन उपभोक्ता समूह तेस्रो भएको वन अधिकृत काफ्लेले वताए। उनीहरुलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ।
वन तथा वातावरण मन्त्रालय वन विभागको वाषिर्क कार्यक्रम अनुसार जिल्लाका उत्कृष्ट वन समूह छनौट गरी सम्मान गर्दै आएको जिल्ला वन कार्यालयले जनाएको छ।
सामुदायिक तथा कवलुयति वन विकास कार्यक्रमअन्तर्गत वन संरक्षण तथा व्यवस्थापन, वृक्षरोपण, समूहमा सहभागिता, निर्णय प्रक्रिया, कोषको पारदर्शिता, अभिलेख लगायतका सूचकांकको आधारमा उत्कृट वन समूह छनौट गरिएको हो ।
लमजुङमा हाल ३ सय ३५ सामुदायिक र १ सय ६८ कवुलयति वन उपभोक्ता समूह रहेका छन्।
Related News
सम्बन्धित समाचार
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
hero news full width
मुख्य समाचार
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९