प्लाष्टिक प्रयोग गरी पीच निर्माण

आदर्श समाज सम्वाददाता
श्रावण २, २०७५

पोखरा, १ साउन। नेपालमै पहिलो पटक पोखरामा फोहरजन्य प्लाष्टिकको प्रयोग गरी बाटो पीच गरिएको छ।

पोखरा महानगरपालिका वडा १४, चाउथे अनुपमटोलस्थित बी एण्ड बी मार्गमा प्लाष्टिक प्रयोग गरी १ सय मिटर बाटो पीच गरिएको हो।

सो बाटो पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र गण्डकी प्रदेशका सदस्य बिन्दुकुमार थापाले मंगलबार संयुक्त रुपमा उद्घाटन गरे।

ग्रीन रोड वेष्ट म्यानेजमेण्टले साढे ६ लाख रुपैयाँ’ लागतमा बाटो पीच गरेको हो।  पीचका लागि करिब तीन सय केजी प्लाष्टिक प्रयोग भएको छ।

प्लाष्टिकको प्रयोग गरी कम पैसामा बलियो पीच बनाउन सकिने ग्रीन रोड वेष्ट म्यानेजमेण्टका संचालक सञ्जीव बास्तोलाले जानकारी दिए।

प्लाष्टिकको प्रयोग गरी अलकत्राको मात्रा घटाइने भएकाले एक किलोमिटर पीच गर्दा करिब २ लाख रुपैयाँ बचत हुने उनको भनाइ छ।

उनले ग्रीन रोड वेष्ट म्यानेजमेण्टले कुहिने फोहरबाट बायो ग्यास उत्पादन गर्ने र नकुहिने प्लाष्टिक पीच बाटो निर्माणका लागि उपयोग गर्न चाहेको उल्लेख गरे।

पोखराका बढी वर्षा हुने भएकाले प्लाष्टिक प्रयोग गरी बनाइएको पीच बढी उपयोगी हुने उनको भनाइ छ।

बढी टिकाउँसँगै खाल्डाखुल्टी नपर्ने र पानी नसोस्ने दाबी गर्दै उनले भने, ‘प्लाष्टिकका कारण भैरहेको प्रदूषण नियन्त्रण गर्न समेत टेवा पुग्ने छ।’

नेपालमा पहिलो पटक प्लाष्टिक प्रयोग गरी पीच बनाइएको भए पनि भारतमा १ लाख किलोमिटर, भुटानमा २ सय किलोमिटर सडक प्लाष्टिकको प्रयोग गरी पीच बनाइएको छ। त्यस्तै, युके र अष्ट्रेलियामा पनि त्यसरी नै पीच गरिएको छ।

Related News

सम्बन्धित समाचार

  • वाइयुके सुपरमार्केट तीजगीत

    आदर्श समाज सम्वाददाता भाद्र ३, २०७९
    पोखरा । तीज अवसरमा नीति प्रेस मिडिया प्रालिले वाइयुके सुपरमार्केट प्रथम खुला तीज गीत प्रतियोगिता–२०७९ गर्ने भएको छ । फेवाताल…
  • राधाकृष्ण गुरुकुल विद्यालयको भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता भाद्र ३, २०७९
    लेखनाथ । पोखरा ३२, लामेआहालस्थित राधाकृष्ण गुरुकुल संस्कृति विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । नवनिर्मित चारकोठे पक्की भवन पोखरा…
  • शिवटोल विकासमा नयाँ कार्यसमिति

    आदर्श समाज सम्वाददाता भाद्र ३, २०७९
    पोखरा । शिवटोल विकास संस्थाको १६ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनले ध्रुवबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ…
  • कास्की मोडनाइज्डमा अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता भाद्र ३, २०७९
    पोखरा । पोखरा–१४ स्थित कास्की मोडनाइज्ड एकेडेमीले विद्यालय र कक्षा १२ का विद्यार्थीको संयुक्त व्यवस्थापनमा कक्षा ११ मा भर्ना भएका…
  • मिडिया फुटसल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता भाद्र ३, २०७९
    पोखरा । रेडियो सराङकोट पोखराले मिडिया फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । रेडियोको १६ औं वार्षिकोत्सव अवसरमा आगामी असोज…

hero news full width