पोखरा, १ साउन । पोखराको हेमजास्थित माछापुच्छे्र निर्माण समितिले आव २०७४/०७५ को हरहिसाब सार्वजनिक गरेको छ ।
यसैबीच, समितिका सदस्य सपना नेपाली र तीलकुमारी बिक काम गर्नेक्रममा घाइते भएकोमा उनीहरुलाई जनही १० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरियो । नेपाली निर्माण व्यवसायी गृगसिंह नेपालीको साइटमा काम गर्नेक्रममा र बिक निर्माण व्यवसायी विष्णु पौडेलको साइटमा काम गर्नेक्रममा घाइते भएका थिए । उनीहरुलाई समिति अध्यक्ष धर्मराज विश्वकर्माले सो रकम हस्तान्तरण गरका हुन् ।
समिति अध्यक्ष धर्मराज विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रेशम रोक्काले कार्यक्रम संचालन गरेका थिए । सहसचिव बुद्ध श्रेष्ठले लेखा प्रतिवेदन तथा मजदूर नियमावली पढेर सुनाएकोमा सो उपर सदस्यबीच छलफल भयो ।
समितिले आगामी २०७६ साल वैशाख १८ सम्मका विभिन्न वाषिर्क कार्यक्रम घोषणा गरिसकेको छ । जसअन्तर्गत असोज १ मा विश्वकर्मा पूजा गर्ने, दीपावली अवसरमा कात्तिक २१ देखि २४ सम्म देउसी भैलो खेल्ने, मंसिरमा वनभोज, चैत ६ मा फागुपूणिर्मा अवसरमा प्रथम वाषिर्कोत्सव मनाउने, वैशाख १८ मा मजदूर दिवस अवसरमा हेमजा रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको छ ।
Related News
सम्बन्धित समाचार
चिल्ड्रेन नेपालको उद्घोषणकला तालिम
इमानदारितापूर्वक काम गर्न पौडेलको आग्रह
धनराज पोखराको १६ औं मेयर
आर्वाविजय माविको सुविधायुक्त भवन
चुनावको जात्रा, मकैको व्यापार
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
जेठ ११, २०७९‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
जेठ ११, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९