पोखरा, १ साउन। कास्की जिल्ला फुटबल संघ (एन्फा) कास्की द्वारा सञ्चालित एन्फा कप २०७५ छात्र तर्फको उपाधि सैनिक आवासीय महाविद्यालय र छात्रातर्फ चिल्डे्रन एकेडेमीले हासिल गरेका छन्।
छात्रतर्फको फाइनलमा सैनिक र अमरसिंह माविवाई ५-४ गोलले पराजित गर्दै गत वर्षको बदला समेत लिएको छ। दुवै टिमको खेल निर्धारित समयमा गोल हुन नसक्दा टाइब्रेकरमा धकेलिए पनि अन्ततः नतिजा भने सडेन डेथमा पुगेर टुंगिएको थियो।
छात्रतर्फ प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भएका सैनिकका गोलरक्षक चलित श्रेष्ठले पेनाल्टीमा दुर्इ उत्कृष्ट बचाउ गर्दै टिमलाई उपाधि दिलाएका थिए। उपाधिसँगै सैनिकले नगद १५ हजार र उपविजेता अमरसिंहले १० हजार नगद समेत प्राप्त गरे।
छात्रातर्फ फाइनल खेलमा चिल्ड्रेन एकेडेमीले ताराकुञ्जलाई ३-१ गोलअन्तरले हराउँदै उपाधि कब्जा गरेको छ। निर्धारित समयमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो।
उपाधिसँगै चिल्डे्रन एकेडेमीले नगद १० हजार र उपविजेता ताराकुञ्जले ७ हजार नगद प्राप्त गरेका छन्।
छात्रातर्फको प्रतियोगितामा चिल्डे्रनकी अर्पिता गुरुङ उत्कृष्ट खेलाडी घोषित भइन्। छात्रातर्फ सर्वाधिक गोलकर्ता -समान ७ गोल) अमरसिंहकी सन्दिका गुरुङ र छात्रतर्फ टप्सका राज गुरुङ रहे। छात्रतर्फ टप्स र छात्रातर्फ विन्ध्यवासिनी माविले फेयर प्लेको उपाधि पाए ।
विजेतालाई सामाजिक विकास मन्त्रि नरदेवी पुन लगायतले पुरस्कार वितरण गरेको एन्फा जिल्ला अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
एन्फा निर्वाचनमा कास्की र गोरखा आउट
खेलकुद पत्रकार मञ्चमा देवेन्द्र दोहोरिए
नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो प्रदेश सरकार
शुभकामना गोल्डकप विजेतालाई ६ लाख
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९