पोखरा, ३२ असार । ५६ और्ं इञ्जिनीयर्स दिवसको अवसरमा नेपाल इञ्जीनियर्स एशोसिएसन, क्षेत्रीय केन्द्र पोखराले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम अन्तर्गत पोखरामा प्रथम इञ्जीनियर्स रनिङ शिल्ड फुटशल प्रतियोगिता गरेको छ । १६ टिम सहभगी प्रतियोगिताको फाइनलमा रोशन एण्ड ब्रदर्शले टिन आर्टेकलाई ३-२ गोलले पराजित गर्दै प्रथम स्थान हासिल गर्यो ।
आपसी सद्भाव र भाइचारा सम्बन्ध विकासको उद्देश्यसहित आयोजित प्रतियोगिताको विजेताले बोका, रनिङ शिल्ड, मेडल तथा उपविजेताले मेडलसहित भाले पुरस्कार प्राप्त गर्यो । विजेता टिमलाई केन्द्रका अध्यक्ष इ.ब्रिजेन्द्र केसीले एक समारोहबीच पुरस्कार वितरण गरे। कार्यक्रम अन्तर्गत सोमबार तालबाहारी मन्दिर परिसरमा सरसफाई, मंगलबार पश्चिमाञ्चल इञ्जिनीयरिङ कलेजमा रक्तदान, सोही दिन महिला इञ्जीनियरहरुबीच व्याडमिन्टन प्रतियोगिता, बुधबार एशियन पेन्ट्सको सहयोगमा सरस्वती आधारभुत विद्यालय, सार्दिखोलालाई रंगरोगन सामग्री हस्तान्तरण तथा विहिबार कार्यशाला तथा पुरस्कार वितरणसहित कार्यक्रमको समापन गरिने समितिका सदस्य इ.किरण केसीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
ट्होटेंमा राष्ट्रपतिको आगमनले तमुहरु उत्साहित
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
मासबार आमा समूहमा शारदा
नेतृत्व विकास तालिम
दीपशिखा पुस्तकालयमा अन्तक्र्रिया
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९