पोखरा, ३२ असार ।लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीको आयोजनामा शनिबार वृक्षारोपण गरिएको छ। पोखरा महानगरपालिका वडा नम्बर ७ शसस्त्र प्रहरी गुल्म तथा कारागार कार्यालय अगाडि वृक्षारोपण गरिएको कार्यक्रममा कपुर, धुपी, चाँप लगायतका ७० विरुवा रोपिएको थियो।
रोपिएका विरुवाको सुरक्षाका लागि ३५ वटा टि्रगार्डको व्यवस्थासमेत क्लबले गरेको छ। ३५ वटा टि्रगार्डका लागि झण्डै २ लाख २५ हजार खर्च भएको क्लबका अध्यक्ष जितबहादुर थापा गोपालले जनाए। आफ्नो कार्यकालको पहिलो कार्यक्रमलाई महत्वपूर्ण बनाउने भन्दै अध्यक्ष थापाले रोपिएका विरुवाको गोडमेल तथा संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गरे। विरुवा हुर्किसकेपछि चौतारा निर्माण गर्ने आफ्नो योजना रहेको उनले सुनाए।
पूर्व मल्टिपल काउन्सील चियरपर्सन दीपक श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उनले वृक्षरोपण गरेर मात्र जिम्मेवारी पूरा नहुने भन्दै त्यसको संरक्षण गुनपर्नेमा जोड दिए । पोखरा महानगरपालिका वडा ७ का वडाध्यक्ष रामचन्द्र बरालले वडाको अभियानमा साथ दिदै सिर्जना चौतारीले गरेको कार्यको प्रशंसा गरे। वडा नम्बर ७ लाई पोखराको नमुना वडा बनाउने अभियानमा आफू रहेको उनको भनाई थियो।
सिनियर डिस्ट्रिक एडभाइजर विशेश्वर आचार्यले वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणमा योगदान दिने बताए। कार्यक्रममा डेपुटि डिर्पाटमेन्ट चिफ बालकृष्ण बराल, वृक्षारोपण कमिटि चियरपर्सन सावित्री अर्याल, जोन चियर पर्सन सन्तोष घिमिरे र दुर्गाकुमारी आचार्य, कमिटि चियर पर्सन बसन्त गिरी, लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीका अध्यक्ष विधान गौतम, लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका प्रथम उपाध्यक्ष जीवन गोर्खाली, सचिव जनकबहादुर कार्की, कार्यक्रम संयोजक हेमराज पराजुली लगायतले लायन्स क्लबको महत्वपूर्ण कार्यक्रमबारे बोलेका थिए ।
कार्यक्रममा पत्रकारिताको माध्यमबाट क्लबका गतिविधि सञ्चार माध्यममा ल्याउन सहयोग गरेको भन्दै कान्तिपुर पब्लिकेसन प्रालि तथा रेडियो अन्नपूर्णमा कार्यरत पत्रकार राजाराम पौडेललाई सम्मान गरिएको थियो। पौडेललाई पीएमसीसी दीपक क्षेष्ठ, वडाध्यक्ष रामचन्द्र बराल, सिनिएर डिष्ट्रिक एडभाइजर विशेश्वर आचार्य, क्लब अध्यक्ष जितबहादुर थापा गोपाल, संस्थापक अक्ष्यक्ष बालकृष्ण बरालले सम्मान गरेका हुन्।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९