पोखरा, ३२ असार ।पोखरा महानगरपालिका-१५, स्यानीमजुवा टोलस्थित बसुन्धरामार्गको पक्की ढलान बाटो तथा पुल उद्घाटन गरिएको छ। स्यानीमजुवा टोलविकास संस्थाको आयोजनामा शनिबार एक कार्यक्रमबीच उक्त बाटो तथा पुलको उद्घाटन गरिएको हो।
बाटो तथा पुल उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा १५ का अध्यक्ष प्रकाश पौडेलले धेरैभन्दा धेरै जनताको सहभागिता र सक्रियतामा उक्त बाटो निर्माण कार्य सम्पन्न भएकोमा खुशी व्यक्त गरे । पौडेलले वडा १५ का हरेक टोलमा विकास निर्माण कार्यमा सहकार्य गर्न आफू तयार रहेको बताए।
कार्यक्रममा वडा १५ का नेपाली कांग्रेसका सभापति टोपबहादुर थापामगर, महानगरपालिकाका सहायक इञ्जिनीयर अनिल आचार्य, समाजसेवी घनश्याम गौतम लगायतले मन्तव्य राखेका थिए।
सो मार्गको २ सय २५ मिटर पक्की ढलान गर्न र २० फिट लम्बाई र १० फिट चौर्डाई कर्ल्भर्ट -पुल) निर्माण गर्नको लागि जम्मा ४० लाख रुपैयाँ खर्च लागेको उपभोक्ता समितिका अध्यक्ष राजेश गौतमले जानकारी दिए। जसको लागि नगरपालिकाबाट रु. ९ लाख र जिविसबाट रु १० लाख निकासा गरिएको र अन्य रकम स्थानीयबासी र सहयोगी चन्दादाताहरुबाट सहयोग संकलन गरिएको गौतमले बताए।
स्यानीमजुवा टोलविकास संस्थामा ५३ घरधुरी आवद्ध रहेको र यस मार्गबाट आवतजावत गर्ने सयौं मानिसहरु लाभान्वित हुने स्यानीमजुवा टोलविकास संस्थाका अध्यक्ष इश्वर आलेमगरले बताए । आलेमगरले स्यानीमजुवा टोलबाट कोलपाटन वडा कार्यलयसम्म आवतजावत गर्न बाटो नभएको र यहाँका जनताले सास्ती झेल्नुपरेकोले उक्त बाटो तथा पुल निर्माण गर्नुपरेको बताए। उक्त बाटो वडा १४ काजीपोखरी थापामार्ग हुँदै वडा १५ कोलपाटन जोड्ने मार्ग हो। बाटो तथा पुल निर्माण भएपछि त्यहाँका स्थानीयमात्र नभई अन्य जनतालाई आवतजावत गर्न धैरै सहज भएको स्थानीयबासीको भनाई छ।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरीमा तीजमेला हुने
फोनिज गण्डकीलाई फुटसल उपाधि
जातीय भेदभावविरुद्ध प्रशिक्षण
‘अनुशासित र सभ्य समाज निर्माणमा महानगरको साथ’
रेडक्रसमार्फत विपद् जोखिम न्यूनीकरण प्रविधि हस्तान्तरण
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
श्रावण २५, २०७९संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९