पोखरा, ३० असार। अनसनरत प्राडा गोविन्द केसीको माग पूरा गर्नुपर्नेमा जोड दिँदै पोखरामा शनिबार शान्ति पदयात्रा र्याली निकालिएको छ। नागरिक समाज पोखरा, चिकित्सक, स्वास्थ्यकर्मीहरुले पोखरामा शान्ति र्याली निकालेका हुन्।
बीपीचोकबाट शुरु शान्ति पदयात्रा महेन्द्रपुल हुँदै मानवअधिकारचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता तिलक पराजुलीले डा केसीको माग पूरा गर्नुपर्नेमा जोड दिए। डा केसीको माग अतिरञ्जित नभएको उल्लेख गर्दै पराजुलीले जायज माग ओली सरकारले शीघ्र पूरा गर्नुपर्ने बताए। कुनै बेला अध्यादेशमार्फत बनेको कानून हाल किन लागु गर्न नमिल्ने – पराजुलीको प्रश्न थियो। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले गुण्डागर्दी र माफियातन्त्रको विरोधी तथा निरीह नेपाली जनताको पक्षमा रहेका डा केसीको माग पूरा गर्न अपील गरे। मुल्मीले १५ दिनसम्म निरन्तर अनसनमा रहेका डा केसीको स्वास्थ्य र जीवनरक्षा बचाउन समेत सरकारसँग माग गरे।
‘डा गोविन्द केसी जीवनमरणको दोसाँधमा रहँदा राज्य गम्भीर नबन्नु हामी सबैका लागि आपत्तिजनक छ,’ मुल्मीले प्रश्न गरे, ‘डा केसीलगायत आफ्ना नागरिकहरुको जीवन रक्षा गर्न सक्दैन भने यो दुर्इतिहाईको दुहाई दिने सरकार, कस्का लागि सरकार ?’
नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारीले सरकारलाई नागरिक निकट रहन आग्रह गरे। हाल सरकार आफै नभइ माफियातन्त्रले चलाएको संयोजक अधिकारीको आरोप छ। सरकारले डा केसीको माग र उनको स्वास्थयप्रति देखाएको घृणित हर्कतप्रति नागरिक समाज पोखराले विरोध गरेको जनाए।
‘सत्ताबाहिर रहँदा जनताको बीच रहने राजनीतिक दलका नेतृत्व वर्ग सत्ता पाउँदा जनतादेखि टाढा र माफियातन्त्रको निकट रहन्छन्,’ अधिकारीले भने, ‘डा केसीजस्ता व्यक्तिले निःस्वार्थ भाव उद्देश्यले अनसन बस्नुपर्ने बाध्यता राज्यले अन्त्य गरोस्।’
फिस्टेल नर्सिङ क्याम्पस प्रमुख गीता बरालले जुम्ला पुगेर डा गोविन्द केसीको माग पूरा गराउन आग्रह गरिन्। कार्यक्रममा डेन्टल एशोसिएसन कास्कीका अध्यक्ष डा उमेश पराजुली, नागरिक समाज पोखराकी शशी तुलाचन लगायतले बोलेका थिए। मेडिकल एशोसिएसन कास्कीका अध्यक्ष डा निर्मल लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सम्पदा संरक्षण समितिका अध्यक्ष रामबहादुर पौडेलले स्वागत र नागरिक समाज पोखराका सचिव ठाकुरप्रसाद बरालले संचालन गरेका थिए। माथेमा प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा विधेयकको माग गर्दै डा केसी जुम्लामा १५ दिनदेखि १५ औँ आमरण अनशनमा बसेका छन् । पछिल्लो समय उनको स्वास्थ्य ब्रि्रदै गएको जनाइएको छ ।
यसैगरी, डा केसीको जीवनरक्षाको माग गर्दै शनिबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरियो । राजनीतिक दलका नेता, विभिन्न पेशाकर्मी, चिकित्सक, विद्यार्थी र सर्वसाधारणले चिकित्सा शिक्षासम्बन्धी माथेमा आयोगको प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा विधेयक ल्याई डा केसीको जीवनरक्षा गर्न माग गरेका हुन् ।
कार्यक्रममा चिकित्सा शिक्षासम्बन्धी नीति तर्जुमा उच्चस्तरीय कार्यदलका संयोजक प्रा केदारभक्त माथेमाले कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न नसक्नुका कारणबारे स्पष्ट पार्न सरकारलाई आग्रह गरे । उनले भने, “हामीले बुझाएको प्रतिवेदन प्रष्ट र सरल छ, हामीले त्यसमा चिकित्सा शिक्षाको गुणस्तर माथि हुनुपर्छ र काठमाडौँमा धेरै नै मेडिकल कलेज भयो भनेर भनेका हौँ, त्यो भन्नुको कारण दिएका छौँ ।”
उनले काठमाडौँमा धेरै भएकाले राजधानी बाहिर मेडिकल कलेज स्थापना गरी बाहिरका जनताको पहुँचमा शिक्षा र सेवा पुर्याउन सकिने आधारमा त्यस्तो सिफारिस गरिएको बताए । नेपाली काँग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले माथेमा कार्यदलले बुझाएको प्रतिवेदन अनुसारको विधेयक आउनुपर्नेमा जोड दिए ।
“डा केसी सत्यका लागि लड्ने जोगी हुन्, उनले पनि विज्ञकै कुरा लागू गर भनेका हुन्,” उनले भने । विज्ञहरुले अध्ययन गरेर दिएको सुझावलाई बेवास्ता गरी सिमित व्यक्तिको स्वार्थ पूरा गर्न सरकार लागिपरेको उनले बताए ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९