पोखरा, ३० असार। पटनाका पर्यटन व्यवसायीले नेपालमा पटनाबाट सीधा हवाइ शुरु गर्न सुझाव दिएका छन्।
गाडीमा जाँदा पर्यटकलाई धेरै समस्या हुने गरेको भन्दै सीधा हवाइ उडान शुरु गर्न सके नेपाल र पोखराको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने उनीहरुको सुझाव छ।
‘सीधा हवाइ सेवा नहुँदा आधा पर्यटक कलकतादेखि बैंकक जान्छन्। पटनादेखि सीमरा, चितवन वा पोखराका लागि सीधा हवाइ उडान भए बैंकक जाने पर्यटकलाई नेपाल र्डाईर्भर्ट गर्न सकिन्छ,’ टुरिजम एशोसिएसन विहारका अध्यक्ष सञ्जय शर्माले भने, ‘नेपालमा सडक सञ्जाल पनि उत्तिकै ब्यवस्थित हुनुपर्छ। पर्यटकलाई धेरै चेकपोष्टमा चेकजाँच गर्दा पनि धेरै झिँझ्यार मान्छन्।’ उनले पोखरा ‘हट’ पर्यटन गन्तब्य भएको भन्दै यसको प्रचार अझै बढाउनुपर्ने सुझाव दिए।
ट्राभल व्यवसायी सञ्जय झाले नेपालको मौसम र पर्यटनसम्बन्धी धेरैलाई जानकारी नभएको गुनासो गरे। ‘धेरैलाई थाहा छैन नेपाल कसरी जाने र त्यहाँको मौसम कस्तो छ। गर्मी मौसम छल्नका लागि यताका धेरै पर्यटक नेपाल जान मन गर्छन्,’ उनले भने, ‘मुक्तिनाथको बारेमा अहिलेसम्म कसैले बुझेकै थिएनन्।
तर प्रधानमन्त्री मोदी यसपटक गएपछि सबैले थाहा पाए। अहिले मुक्तिनाथ जाने पर्यटक पनि विस्तारै बढ्न थाले।’ उनले नेपालभित्रको हवाइ उडान र सकेसम्म पटनादेखिको उडानमा जोड दिनुपर्ने सुझाव दिएका छन्। ‘पटनाबाट फरक उमेरका पर्यटकहरु फरक उद्देश्यले नेपाल जान्छन्। कोही जनकपुर हुँदै पशुपतिनाथ र मुक्तिनाथसम्म पुग्छन् र कोही चाहीँ ट्रेकिङको लागि जान्छन्,’ उनले थपे, ‘यी तीनै गन्तब्यको राम्रो कनेक्सन भए पर्यटक १० देखि १५ प्रतिशत बढाउन सकिन्छ।’
नेपाल र पोखरा भ्रमणको नयाँ प्याकेज सार्वजनिक गर्न पर्यटन व्यवसायी गौरवकुमारको सुझाव छ। ‘यताका युवा गर्मी छल्नका लागि धरानतिर जान्छन्। सीमरा एयरपोर्टलाई पोखरासँग जोड्न सके उनीहरु पोखरा पनि पुग्छन्,’ उनी भन्छन्, ‘पोखराको पर्यटनबारे राम्रो प्रमोसन राम्रो गर्नुस् हामी प्याकेज निकाल्छौं।’ उनले पोखराले ल्याएको चलिए पोखरा अभियान निकै उत्कृष्ट भएको बताए।
पोखराको पर्यटन प्रबर्द्धन गर्न पोखरेली पर्यटन व्यवसायी यतिबेला भारतमा छ। भारतका पटना, बनारस, लखनउ लगायत क्षेत्रमा पर्यटन प्रवर्द्धन गरी पोखरामा पर्यटक बोलाउने उद्देश्यले अभियान चलाएको पश्चिमाञ्चल होटल संघ पोखराले जनाएको छ।
भारतमा यतिबेला अत्यधिक गर्मी हुने भएकोले भारतीय पर्यटकलाई पर्यटकीय सुन्दर नगरी पोखरा घुम्नका लागि उपयुक्त छ भन्ने सन्देश दिने भ्रमण टोलीको मुख्य उद्देश्य रहेको अध्यक्ष विकल तुलाचनले जानकारी दिए। ‘पोखरा सबै मौसमका लागि घुम्न उपयुक्त छ, गर्मीको समयमा शितल, स्वस्च्छ बातावरण सहित प्राकृतिक दृष्यावलोकनका लागि आउनैपर्ने गन्तव्य हो पोखरा,’ उनले भने, ‘विगत ६ वर्षयता हामीले लगातार यो अभियान चलाइरहेका छौं। यही अभियानले धेरै पर्यटकहरु बढेका पनि छन्।’
पोखरा आउने भारतीय पर्यटक हिमाली दृष्यावलोकनमा लोभिने गरेको बताउँदै नेपाल पर्यटक वोर्ड प्रदेश कार्यालयका प्रमुख सूर्य थपलियाले पोखरा हुँदै धेरै भारतीय पर्यटक प्रशिद्ध तीथस्थल मुक्तिनाथ पुग्ने गरेको बताए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै भएको मुक्तिनाथ दर्शन भ्रमणसँगै यस क्षेत्रमा भारतीय पर्यटकको चाप बढेको पर्यटन व्यवसायी बताउँछन्। चलीय पोखरा कार्यक्रमले पोखराको पर्यटनमा सकारात्मक प्रभाव पारेको भन्दै पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष भरतराज पराजुली गर्मीको समयमा मात्र नभएर बाह्रै महिना भारतीय पर्यटकलाई घुम्ने वातावरण मिलाउन कार्यक्रमलाई निरन्तरता दिएको बताउँछन्। पोखरामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शुरु भएको ‘चलिए पोखरा’ अभियान सातौं संस्करणको हो।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९