पोखरा, ३० असार । विगत ३ सातादेखि बेपत्ता पोखरा महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेल मृत भेटिएका छन् ।
उनको शव तनहुँको भीमाद नगरपालिका वडा ६, सेती नदीको किनारमा शनिबार तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सेती नदी किनारमा बिहान तैरिरहेको अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय भीमादका प्रहरी नायब निरीक्षक ज्ञानेन्द्र कार्कीले जानकारी दिए । शव भेटिएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । पछि परिवारका सदस्य र आफन्तले पहिचान गरेका र पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएको थियो । घोप्टो परेको अवस्थामा भेटिएको शव पानीले फुलेको प्रहरीले जनाएको छ । पौडेलको शनिबार नै सेती किनारमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा परिवारजन, आफन्त, शुभेच्छुकको सहभागिता थियो ।
पौडेल गत असार ९ गते बिहान घरबाट हिँडेपछि नफर्केको र सोही दिन बिहान स्थानीय शान्ति श्रेष्ठले महेन्द्रपुलबाट एक मानिस सेती नदीमा हाम फालेको प्रत्यक्ष देखेको बताएपछि ती व्यक्ति पौडेल नै भएको भन्दै अड्कलबाजी काटिएको थियो।
पछि सिसी टिभीको फुटेजमा समेत पौडेल सो दिन बिहान महेन्द्रपुल चोकदेखि पुलतर्फ गएको देखिएको थियो । कास्कीको सिंगो सुरक्षा टोली उनको खोजीमा सो क्षेत्रमा केन्द्रित थियो । उनी बेपत्ताको केही दिनपछि कास्की प्रहरी र पोखरा महानगरले संयुक्त पत्रकार सम्मेलन नै गरी पौडेल आत्महत्याका लागि हाम फालेको निष्कर्षसहित अनुसन्धान जारी रहेको जनाएको थियो ।
पौडेल स्थानीय तह कर्मचारी युनियनका केन्द्रीय अध्यक्षसमेत थिए।
Related News
सम्बन्धित समाचार
हिमालय आँखा अस्पताललाई जापानको सहयोग
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
hero news full width
मुख्य समाचार
३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९