काठमाडौँ, ३० असार । तपाई सेयर कारोबार गर्नुहुन्छ ? काठमाडौँको धुलो र सवारी चापमा फसेर सेयर दलाल कम्पनीमा पुग्ने गर्नुभएको छ भने अब तपाईको दुःखको दिन सकिएको छ ।
सरकारले आगामी साउन १ गते अर्थात आगामी मंगलबारदेखि स्वचालित विद्युतीय कारोबार प्रणाली (अटोमेटेड इलेक्ट्रोनिक ट्रेडिङ सिस्टम) लागू गर्ने भएको छ ।
सेयर कारोबारलाई थप व्यवस्थित, प्रभावकारी र लगानीमैत्री बनाउने उद्देश्यका साथ सो प्रणाली लागू गर्न लागिएको हो । सो प्रणाली लागू भएपछि अनलाइन कारोबारका लागि कारोबारकर्ताले पहिलो पटक सेयर दलाल कहाँ पुगेर ‘युजरनेम’ र ‘पार्सवर्ड’ भने लिनुपर्नेछ । त्यसपछि तपाईले घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहजैरुपमा सेयर खरिद वा बिक्री गर्न सक्नुहुन्छ ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, साउन १ गतेदेखि लागू गर्ने भएको छ । लगानीकर्ताको मागबमोजिम नै उक्त सेवा शुरु गरिएको बोर्डले जनाएको छ ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ को नियम १२ बमोजिम बजारले धितोपत्रको खरिद तथा बिक्री कारोबार सञ्चालनका लागि स्थापना गरेको स्वचालित विद्युतीय कारोबार प्रणाली नेपाल स्टक एक्सचेञ्ज र सेयर दलाल कम्पनीले जडान गर्नुपर्नेछ । बोर्डका प्रवक्ता निरज गिरीले घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहजरुपमा सेयर खरिद बिक्रीका लागि मार्ग प्रशस्त भएको र स्टकले सञ्चालनमा ल्याउन सक्ने अवस्था आएको जानकारी दिए ।
“कानूनीरुपमा नै अनलाइन कारोबार सञ्चालनका लागि व्यवस्था भएको छ । त्यसलाई थप व्यवस्थित गरेर कारोबार गर्न मार्ग प्रशस्त भएको छ”, प्रवक्ता गिरीले भने ।
नेपाल स्टक एक्सचेञ्जले पनि अनलाइन कारोबारका लागि आवश्यक प्रणालीको विकास गरिसकेको जनाएको छ । स्टकले विद्युतीय कारोबारका लागि सञ्चालनमा ल्याउन लागेको सफ्टवेयरको परीक्षण भने बाँकी छ ।
सो सफ्टवेयरमा हुने खराबी तथा अन्य समस्याका बारेमा कारोबार शुरु भएपछि मात्रै जानकारी प्राप्त हुनेछ । सेयर कारोबारकर्ताले सेयर दलाल कम्पनीले आवश्यक व्यक्तिगत विवरण उपलब्ध गराउनुपर्ने नियमावलीमा व्यवस्था छ ।
Related News
सम्बन्धित समाचार
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
ढल्केबरको तरबुजा बेंसीसहरमा
पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकीमा पदमबन्धु पोखरेल
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना अझै सुरु भएन
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९