पोखरा, ३० असार। ए एण्ड बी अस्पताल, पोखराले आधुनिक तथा स्तरीय सेवा विस्तार गरेको जनाएको छ। पोखरा-२, विन्ध्यवासिनीस्थित अस्पतालमा आधुनिक प्रविधिको उपकरणसहित विशेषज्ञ सेवा विस्तार गरेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जनाइयो।
दश वर्षअघि फिजियोथेरापी र अकुशनल थेरापी उपचार सेवाबाट शुरु साविकको एबी केयर एण्ड रिहाविलिटेसन हस्पिटल १ वर्षदेखि आधुनिक उपचार पद्दतिसँगै गुणस्तरीय सेवाको साथमा सञ्चालनमा आएको व्यवस्थापक ऋषि खतिवडाले जनाए।
खतिवडाका अनुसार अस्पतालमा सबै प्रकारका शल्यक्रिया सेवा प्रदान गर्ने उद्देश्यसहित अप्रेशन थियटर, आइसियु पोष्ट अप, २४ सै घण्टा इमरजेन्सी सेवा उपलब्ध छ। जनरल सर्जनहरुको समेत संलग्नता रहेको अस्पतालमा सबै प्रकारका अप्रेशन गरिने खतिवडाले जनाए।
‘अमेरिकन उपचार प्रणालीतर्फ अस्पताल उन्मुख छ,’ खतिवडाले भने, ‘अस्पतालमा अमेरिकन विशेषज्ञ चिकित्सकहरुको टिमद्वारा समयानुकूल उपचार र अप्रेशन गरिनेछ।’
फिजियोथेरापी र अकुपेशनल थेरापी सेवालाई थप बढि सशक्त बनाइएको खतिवडाले बताए। सर्जरी सेवा, हाडजोर्नी, नशा, पेट, छाती, मधुमेह, थाइराइड, प्रसूति तथा स्त्रीरोग, क्यान्सर, मृगौला तथा पिशाब आन्द्रा, कलेजो, नाक कान घाँटी, मानसिक रोग लगायत सेवा अस्पतालमा उपलब्ध रहेको खतिवडाले जानकारी दिए।
पछिल्लो समय मृगौला रोगको फिस्टुला अपरेशन, हाडजोर्नी प्रत्यारोपण र स्पाइनल सर्जरी लगायत जटिल किसिमका सर्जरीमा अस्पतालको विशेष उपलब्धि रहेको अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. रविमोहन ढकालले जनाए।
डा. ढकालले जोर्नी प्रत्यारोपणका लागि अमेरिकाको न्युयोर्कस्थित हस्पिटल फर स्पेशल सर्जरीबाट यस्तो तालिम लिएका हुन्। घुँडा तथा हिप जोर्नी प्रत्यारोपणका लागि करिब ४ लाख जति खर्च लाग्ने डा. ढकालको भनाइ छ।
४४ सालदेखि घुँडाको समस्या भोगेकी शारदा हाल ७० वर्षकी छिन्। गत वर्ष हिंडडुल गर्न समेत नसक्ने भएपछि यहाँ घुँडाको प्रत्यारोपण गरिन् र हाल उनी खुशी छन्। अमेरिकामा महँगो उपचारमा खर्च गर्नुभन्दा पोखरामै सम्भव भएको शारदा सुनाउँछिन्।
पोखरा पस्र्याङका कृष्ण सुनार घर बनाउने ज्यामी मजदुर हुन्। पोखरामै घर बनाउने क्रममा उनी २ तलामाथिबाट खसे र उसको हिप जोर्नीका कारण हिंडडुल गर्न नसक्ने भए। सो अस्पतालमा कृष्णको हिप जोर्नी प्रत्यारोपण गरियो। उनी अहिले हिंडडुल र स्कुटर चलाउन सक्ने भएका छन्।
Related News
सम्बन्धित समाचार
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको रक्तदान
सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
खाद्य लिमिटेडको बिक्री केन्द्र विस्तार
पोखरामा न्युरोडमा पाल्पा हाउस उद्घाटन
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९