पोखरा, ३० असार । बैंकबाट कर्जा लिएका एक ग्राहकको असामयिक निधन भएपछि मुक्तिनाथ विकास बैंकले कर्जा मिनाहा गर्नुका साथै काजक्रिया खर्चवापत मृतक परिवारलाई रकम प्रदान गरेको छ ।
बैंकको लघुबित्त डेस्क कार्यालय, पृथ्वीचोकबाट लघुकर्जाअन्तर्गत कर्जा लिएकी पर्वत माझफाँट १ घर भई हाल पोखराको मासबार बस्ने सावित्रीकुमारी थापामगरको असामयिक निधन भएपछि बैंकले सो सहयोग गरेको हेा ।
क्षेत्रीय कार्यालय पोखराका प्रमुख बाबुराम ढकालले एक कार्यक्रमबीच मृतकका छोरालाई काजक्रिया खर्चबापत तत्काल ५ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । साथै उनले बैंकलाई तिर्न बाँकी साँवा तथा ब्याज ९९ हजार १ सय ३३ रुपैयाँ कर्जा रकम मिनाहा गरिएको जानकारी गराए ।
कार्यकममा मुक्तिनाथ विकास बैंक लघुबित्त शाखा पृथ्वीचोकका शाखा प्रमुख मनोज भारती, क्षेत्रीय कार्यालयका वरिष्ठ अधिकृत प्रमोद ढकाल, बैंकका कर्मचारी, आफन्तजन तथा समूहका सदस्यको उपस्थिति थियो।
Related News
सम्बन्धित समाचार
नेफ्स्कुन स्थापना दिवसमा अन्तक्रिया
लेखनाथमा सेयरसम्बन्धी तालिम
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९