पोखरा, ३० असार। पोखरा महानगरपालिका वडा १३ स्थित कमलपोखरी मार्ग टोल विकास संस्थाले ९२ लाख ३ हजार रुपैयाँ लागतमा बहुउद्देश्यीय भवन निर्माण गरेको छ।
टोलका गतिविधि संचालनमा सहजता ल्याउन भवन निर्माण गरिएको सो भवन शनिबार आयोजित समारोहमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले उद्घाटन गरे।
जिसीले २ वर्षभित्र कमलपोखरीलाई पर्यटकीय गन्तव्य बनाउने उल्लेख गरे। उनले मेहनतका साथ भवन निर्माण गर्न सकेकोमा गर्व गर्नुपर्ने बताए ।
वडाध्यक्ष दर्शन लामाले सबैको सहयोग लिएर नमूना वडा बनाउने बताए।
कार्यक्रममा वडासदस्य कृष्णकुमारी गुरुङ, कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष शरदकान्त सिग्देल, आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल, कमलपोखरी आमा समूहकी अध्यक्ष पूर्णकुमारी गुरुङ, नवदुर्गा टोल विकास संस्थाका अध्यक्ष चित्रबहादुर विक, बाँझापाटन टोल विकास संस्थाका अध्यक्ष कृष्णबहादुर गुरुङ, संस्थाका कोषाध्यक्ष प्रेमबहादुर गुरुङले बोलेका थिए।
त्यस अवसरमा भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरिएको थियो।
संस्थाका अध्यक्ष इन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा युवा परिवारका सचिव पुनम गुरुङले स्वागत र सचिव खड्कबहादुर गुरुङले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९