पोखरा, ३० असार । कैलाश विकास बैंकले शुक्रबार जनकपुरधाममा आफ्नो ५५ औँ शाखा स्थापना गरी कारोवार शुभारम्भ गरेको छ। उक्त शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंक, जनकपुरका मुख्य व्यवस्थापक नरेश शाक्यले गरे ।
कार्यक्रम संस्थाका सहायक महाप्रबन्धक सूर्यप्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न भएको होे।
बैंकको सो शाखाबाट सम्पूर्ण अत्यधुनिक बैंकिङ सुविधाहरु उपलब्ध हुनेछन्। नयाँ शाखा सहित बैंकको शाखा संख्या ५५ पुगेका छन् भने एटिएम संख्या २५ छन्।
बैंकले ओखलढुङ्गाको मानेभञ्ज्याङ्ग, नवलपरासीको कावासोती र वर्दघाट तथा अन्य ठाउँमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ।
बैंकको चुक्ता पुँजी २ अर्ब ५२ करोड रहेको छ। संस्थाले हालसम्म २२ अर्ब १३ करोड निक्षेप संकलन गरी १९ अर्ब ७५ करोड कर्जा प्रवाह गरेको छ। बैंकले अत्यधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाको अलावा मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ सेवा, सेयर लगानीकर्ताको लागि सी-आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायत सेवा प्रदान गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि
भिभो भी२३ई को मूल्य ३ हजार घट्यो
वैशाख २८ देखि नयाँ आइपिओ आउँदै
ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर
कोन सामुदायिक सहकारीमा १ सय २४ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९